७ वैशाख २०८१ शुक्रबार
खेल

तेक्वान्दोबाट धेरै आशा

काठमाडौं - नेपाली खेलकुद इतिहासमा सबैभन्दा सफल खेल र खेलाडीका रूपमा नेपालको तेक्वान्दो स्थापित छ। अन्तर्राष्ट्रिय सहभागिताका क्रममा पनि नेपालको तेक्वान्दोबाट सबैले पदकको आशा गर्ने गर्छन्। आशा राख्नु स्वाभाविक पनि छ। नेपालका तेक्वान्दो खेलाडीले दक्षिण एसियाली र एसियाली खेलकुदको प्रतिस्पर्धामा नेपाली खेलकुदलाई राम्रो नतिजा दिलाइसकेका छन्। छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दुई खेलाडी तेक्वान्दोकै संगीना वैद्य र दीपक विष्ट हुन्। ओलम्पिकमा राखिएको डेमोस्ट्रेसन खेलमा पनि तेक्वान्दोका विधान लामाले सन् १९८८ मा कांस्य पदक दिलाएका थिए।

यता, एसियाली खेलकुदमा पनि नेपालका तेक्वान्दो खेलाडीले सर्वाधिक सफल नतिजा दिलाएको इतिहास अभैm पनि ताजै छ। नेपालका लागि एसियाली खेलकुदमा व्यक्तिगत विधातर्फ एक मात्र रजत पदक जित्ने तेक्वान्दोकै सविता राजभण्डारी हुन्। राजभण्डारीले सन् १९९८ को एसियाडमा उक्त पदक जितेकी थिइन्।

टिमतर्फ भने इन्डोनेसियामा सम्पन्न गत १८औं एसियाडमा नेपालको प्याराग्लाडिङ टिमले रजत पदक दिलाएको थियो। एसियाली खेलकुदमा नेपाली तेक्वान्दो खेलाडीले सर्वाधिक १४ पदक ल्याउँदा एक रजत पदक पनि समावेश छ। दक्षिण एसियाली खेलकुदमा पनि तेक्वान्दोले नेपालका लागि सर्वाधिक सफल नतिजा दिँदा हालसम्म २४ स्वर्ण, १४ रजत र ८ कांस्य पदक दिलाएका छन्।

नेपालको तेक्वान्दाले घरेलु मैदानमा २० वर्षअगाडि सम्पन्न आठौं साफबाट मात्र सहभागिता जनाउन थालेको हो। त्यसयता, बंगलादेशमा सम्पन्न ११औं सागसम्म नेपाली तेक्वान्दो खेलाडीले स्वर्ण पदक जितेका छन्। तर, १२औं सागमा भने तेक्वान्दोका खेलाडीले आफ्नो विरासत जोगाउन सकेनन्। भारतमा सम्पन्न गत संस्करणमा कुल १० खेलाडी सहभागी हुँदा नेपालका ७ खेलाडी फाइनलमा पुगे पनि स्वर्ण जित्नबाट चुकेका थिए।

थप तीनले खेलाडीले भने कांस्य जितेका थिए। घरेलु मैदानमा २० वर्षपछि हुन लागेको सागमा भने नेपालले फाइट र पुम्से दुवै विधातर्फ प्रतिस्पर्धा गर्दै छ। आगामी आइतबारदेखि सुरु हुने १३औं सागदेखि पुम्से विधा राखिएको हो। आगामी सोमबारदेखि तेक्वान्दोका प्रतिस्पर्धा सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा सुरु हुनेछ। 

नेपालले तेक्वान्दोको कुल २९ स्वर्णमध्ये फाइटमा १६ तौलसमूह र पुम्सेमा १३ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछ। गत एसियाडदेखि पुम्से विधा अफिसियल प्रतिस्पर्धामा सुरु हुँदा सागमा प्रतिस्पर्धा गराइन थालिएको हो। यस पटक पनि नेपाली तेक्वान्दोबाट स्वर्णको आशा बढी मात्रामा गरिएको छ।  नेपाल तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले लामो समयदेखि तयारी गरेकाले यस पटक राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्।

‘हामीसँग अनुभवी खेलाडी र युवा खेलाडी दुवै छन्,’प्रमुख प्रशिक्षक श्रेष्ठले भने,‘सबैले मिहिनेत गरिरहेका छन्। उनीहरूले म्याच एक्सपोजर पनि पाइरहेका छन्। त्यसैले राम्रो नतिजा आउनेमा ढुक्क छौं।’ तेक्वान्दोले साग लक्षित तीन महिनादेखि प्रशिक्षण गरिरहेको छ। त्यस क्रममा तेक्वान्दोले चीन, इन्डोनेसिया र मलेसियामा पनि प्रशिक्षण गरेका छन्। फाइटले चीनमा पुम्सेले इन्डोनेसिया र मलेसियामा प्रशिक्षण गरेका थिए।

फाइटले चीनमा चाइना ओपन र पुम्सेले इन्डोनेसियामा सम्पन्न प्रतिस्पर्धामा पनि सहभागिता जनाएको थियो। जुन प्रतिस्पर्धामा नेपाली खेलाडीको प्रदर्शन निकै राम्रो रहेको प्रमुख प्रशिक्षक श्रेष्ठको भनाइ छ। सिइ गेम्सको तयारी गरिरहेको इन्डोनेसिया र मलेसियाका राष्ट्रिय टोलीसँग नेपालका पुम्से खेलाडीले अभ्यास गरेको थिए।

‘यी राष्ट्र पुम्सेमा निकै राम्रो छन्। उनीहरूले एसियाड गेम्समा पनि पुम्सेतर्पm पदक जितेका छन्,’पुम्सेका प्रशिक्षक नोर्बु लामाले भने,‘त्यस दौरान हाम्रा खेलाडीले प्रतिस्पर्धा पनि गरे। उनीहरूको नतिजा र प्रदर्शन राम्रो छ। १३ स्वर्णमध्ये कम्तीमा सात स्वर्ण आउने आशा गरेका छौं।’ महिला व्यक्तिगत पुम्सेको ३० वर्षमाथि प्रतिस्पर्धा गर्न लागेकी आयशा शाक्य नेपालको करिब ढेड दशकदेखि राष्ट्रिय टिममा छिन्।

यसअघि एसियाड र सागमा फाइटतर्फ स्वर्ण विजेता आयशा पहिलो पटक पुम्सेमा प्रतिस्र्धा गर्दै छिन्। सन् २००६ को दोहा एसियाडमा कांस्य पदक विजेता आयशाले सन् २००६ को दशौं सागमा रजत र सन् २०१० मा बंगलादेशमा सम्पन्न ११औं सागमा स्वर्ण विजेता हुन्। गत संस्करणमा भने आयशा फाइनलमा पराजित हुँदा रजत पदकमै सीमित भइन्। यस पटक नयाँ विधा हुँदा चुनौती फरक तवरबाट हुने आयशाको भनाइ छ।

‘नयाँ भूमिकामा छु। त्यसैले यसअघिका भन्दा केही दबाद हुनेछ,’ आयशाले भनिन्,‘तर तयारी राम्रो भएको छ। राम्रो नतिजा ल्याउने प्रयत्न गर्नेछु।’ आयशासँगै सन् २००६ को एसियाडमा कांस्य पदक विजेता मनिता साहीले पनि ७३ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै छन्। मनिताले दशौं सागमा स्वर्ण र ११औं सागमा रजत पदक जितेकी थिइन्। १२औं सागमा भने उनी थिइनन्।

९ वर्षपछि मनिता सागमा पुनरागमन गर्दै छिन्। गत रियो ओलम्पिक खेलेकी निशा रावल ७३ केजीमाथि प्रतिस्पर्धा गर्दै छिन्। यस पटक गत संस्करणको साग खेलेका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। अन्य खेलाडी भने नयाँ छन्। अधिकांश युवा खेलाडी भने उनीहरूबाटै धेरै आशा गरिएको प्रमुख प्रशिक्षक श्रेष्ठले बताएका छन्। ‘हामीले पुरानासँगै नयाँ खेलाडीबाट राम्रो नतिजाको आशा गरेका छौं,’श्रेष्ठले भने,‘यस पटक अनुभवीसहितको युवा खेलाडीले राम्रो नतिजा दिनेमा विश्वस्त छौं।’

भारतको अन्तिममा इन्ट्री
साग आयोजना नजिकिँदै गर्दा भारतको तेक्वान्दोमा आन्तरिक द्वन्द्वका कारण उसको सहभागिता अनिश्चित देखिएको थियो।गत नोभेम्बर २० देखि खेलदर्ताको अन्तिम गुजारेपछि भारतको सहभागिता नहुने अनुमान गरिएको थियो। तेक्वान्दोसँगै भारतको करातेले पनि सोही अवस्था बेहोरिरहेको थियो। यद्यपि, केही दिनअगाडि मात्र विवाद समाधान भएपछि भारतले तेक्वान्दो, कराते र आर्चरीमा सहभागिताका लागि सम्बन्धित खेलको महासंघ र ओलम्पिक काउन्सिल अफ एसियाबाट नेपाल ओलम्पिकलाई दबाब दिँदै आएको थियो।

सोही दबाबका कारण नेपालले बुधबार सोल्टी होटलमा सम्पन्न सागको डेलिगेट्स रजिस्ट्रेसन मिटिङबाट भारतको तेक्वान्दो टोलीलाई प्रवेश दिएको छ। तेक्वान्दोमा नेपालको प्रमुख प्रतिद्वन्द्वी भारतको प्रवेश भएपछि धेरै स्वर्ण पदक सम्भावना केही कठिन हुने भएको छ। विश्व तेक्वान्दोको नियमअनुसार भारतलाई सहभागी गराउनुपर्ने प्राविधिक कुरा आएकाले बैठकबाट थप निर्णय गरिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताएका छन्।

यता, नेपाली तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले भारतसँगको प्रतिस्पर्धाबाट स्वर्ण जित्नेमा आफू ढुक्क रहेको बताएका छन्। ‘एक महिनाको वैदेशिक प्रशिक्षणले खेलाडीमा हौसला बढेको छ,’श्रेष्ठले भने,‘ भारत नै मुख्य प्रतिद्वन्द्वी हो। हामीले उनीहरूलाई परास्त गर्ने गरी तयारी गरेका छौं।’

ग्यरोगी (फाइट) महिलातर्फ
काजल श्रेष्ठ ४६ केजी
युनिसा राई ४९ केजी
अस्मिता खड्का ५३ केजी
निमा गुरुङ ५७ केजी
संगीता बास्याल ६२ केजी
अप्सरा कार्की ६७ केजी
मनिता साही ७३ केजी
निशा रावल ७३ केजीमाथि

ग्यरोगी (फाइट) पुरुष
मनोज मल्ल ५४ केजी
गोविन्द आलेमगर ५८ केजी
ज्ञानेन्द्र हमाल ६३ केजी
वीरबहादुर महरा ६८ केजी
किरण आले ७४ केजी
निश्चलमान श्रेष्ठ ८० केजी
भूपेन श्रेष्ठ ८७ केजी
सक्षम कार्की ८७ केजी माथि

पुम्से व्यक्तिगत
(१८ देखि २३ वर्ष )
कृष्णबहादुर तामाङ (पुरुष)
सिना मादेन लिम्बु (महिला)
(२४ देखि २९ वर्ष )
कमल श्रेष्ठ (पुरुष)
पार्वती गुरुङ (महिला)
(३० वर्षमाथि )
रेजिन रिमाल (पुरुष)
आयशा शाक्य (महिला)
पुम्से जोडी (१८ देखि २३ वर्ष )
अस्मिन राउत (पुरुष)
सिना मादेन लिम्बु (महिला)
पुम्से जोडी (२४ देखि २९ वर्ष)
जितबहादुर बोट (पुरुष)
पार्वती गुरुङ (महिला)
पुम्से जोडी (३० वर्षमाथि)
सन्जिवकुमार ओझा पुरुष
आयशा शाक्य महिला
पुम्से टिम महिला (१८ देखि २३ वर्ष)
सन्जिला तिमिल्सिना
निशा दर्नाल
स्वस्तिका तामाङ
पुम्से टिम पुरुष (१८ देखि २३ वर्ष)
अस्मिन राउत
शिशिर श्रेष्ठ
दीपेन्द्र गुरुङ
पुम्से टिम महिला (२४ देखि २९ वर्ष)
निता गुरुङ
प्रशंसा क्षेत्री
सुशीला राई
पुम्से टिम पुरुष (२४ देखि २९ वर्ष )
कमल श्रेष्ठ
जितबहादुर बोट
प्रेमकुमार लिम्बु

छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दुई खेलाडी तेक्वान्दोकै संगीना वैद्य र दीपक विष्ट हुन्। एसियाली खेलकुदमा पनि नेपालका तेक्वान्दो खेलाडीले सर्वाधिक सफल नतिजा दिलाएको इतिहास अझैं पनि ताजै छ। नेपालका लागि एसियाली खेलकुदमा व्यक्तिगत विधातर्पm एक मात्र रजत पदक जित्ने तेक्वान्दोकै सविता राजभण्डारी हुन्।

प्रकाशित: १२ मंसिर २०७६ ०१:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App