१५ चैत्र २०८० बिहीबार
खेल

सागमा सहभागी हुने राष्ट्रिय टिमको तयारी पूरा

काठमाडौं- आसन्न १३ औ दक्षिण एशियलाी खेलकुद (साग)मा सहभागि हुने खेलाडीको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मंगलबार पत्रकार सम्मेलन गरे मंसिर १५ देखि २४ गते सम्म नेपालमा आयोजना हुने खेलकुदमा नेपालले पदकका हिसाबले सागलाई ऐतिहासिक सफल बनाउने दावी पनि गरेको छ।

संयोजक रानाभाटले राखेपको लक्ष्य अनुरुप सागमा नेपालले ५० भन्दावढी स्वर्ण जित्नका लागि राम्रो तयारी गरेको बताए। सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले कूल ३१ स्वर्ण जितेको थियो । सागमा त्यतिवेला १२ खेल समावेश गरिएको थियो। रानाभाटका अनुसार सागमा नेपालले २८ खेलमा पुरुषतर्फ तीनसय १२, महिलामा दुई सय ८७ गरी कूल पाँचसय ९९ खेलाडीको सहभागिता रहनेछ।

सागमा एक सय २३ प्रशिक्षक र ५० जना ब्यवस्थापकको पनि सहभागिता रहने छ । प्याराग्लाङडिङको सहभागिता लगभग सकिएको पनि रानाभाटले थपे। खेल र खेलाडीको अन्तिम सहभागिताको विषयमा नेपाल ओलम्पिक कमिटिले एक दुईदिनमा निक्र्योल गर्ने पत्रकार सम्मेलनमा जानकारी दिए।

साग तयारीका लािग वैदेशिक प्रशिक्षणका लागि मात्र ४५ करोड रुपैयाँ छुट्याएको बताए। प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई पहिलो चरणमा जनही १४ सय, दोस्रो चरणको दुई हजार, तेस्रो चरणमा २२ सय र चौथो चरणमा २५ सय रुपैयाँ भत्ता उपलब्ध गराएको छ। त्यो विगतको भन्दा दोब्बर भएको पनि टिम तयारी समितिले जनाएको छ। मंसिर १४ गतेसम्म सञ्चालन हुने सागका खेलहरु काठमाडौं, पोखरा र जनकपुरका हुनेछ।

प्रकाशित: ३ मंसिर २०७६ ११:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App