१६ चैत्र २०८० शुक्रबार
खेल

दास र सचिनबिच भएको मैत्रीपूर्ण खेल सम्पन्न

काठमाडौं– भारतीय क्रिकेटर सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासको टिमबीच भएको मैत्रीपूर्ण खेलमा सचिनको टिम विजयी भएको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा भएको १० ओभरको मैत्रीपूर्ण खेलमा सचिनको टिम ब्लुले विनोदको रेडलाई ६ विकेटले हराएको हो।

विनोदको टिमले दिएको ४५ रनको लक्ष्य सचिनको टिमले ८ ओभरमा पूरा गर्‍यो। सचिनले ७ रन बनाएका थिए। सचिन शुक्रबार राति नेपाल आइपुगेका थिए। उनी काठमाडौंको बत्तिसपुतली स्थित होटल द्वारिकामा बास बसेका थिए।

बालअधिकार सम्बन्धि महासन्धि पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा नेपालस्थित युनिसेफ कार्यालयले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो। सचिन युनिसेफका सद्धभावना दूत हुन्।

सचिनको सुरक्षाका लागि टियु मैदान परिसरमा बाक्लो संख्याका सुरक्षा तैनाथ गरिएको थियो।

प्रकाशित: ३० कार्तिक २०७६ ०८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App