७ वैशाख २०८१ शुक्रबार
खेल

प्रशिक्षक लिप्पीमाथि आरोप

संघाई – चीनका फुटबल प्रशिक्षक मार्सेलो लिप्पीमाथि जिम्मेवारी पूरा नगरेको र राष्ट्रिय टोलीलाई बेवास्ता गरेको सञ्चारमाध्यमको आरोप लागेको छ।

सोही कारण एभर्टनका पूर्वमिडफिल्डर ली ताईले अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको छ। जहाँ अर्को महिना दक्षिण कोरियामा हुने इस्ट एसिया च्याम्पियनसिपमा टोलीको प्रशिक्षण ताईले सम्हाल्नेछन्। त्यसै दौरान लिप्पी भनै इटालीमै बिदामा हुनेछन्। चिनिया फुटबल संघले बिहीबार आकस्मिक यस्तो निर्णय गरेको भन्दै त्यहाँका संचारमाध्यमहरूले भने आक्रोस पोखेका छन्।

‘यो निर्णयलाई सामान्य रूपमा लिनु हुन्न,’ओरियन्ट स्पोट्र्स डेल्लीले उल्लेख गरेको छ, ‘लिप्पीको जिम्मा राष्ट्रिय टोलीको प्रशिक्षण गराउनु हो की होइन ?’ जनवरीमा चीनको राष्ट्रिय टोलीको प्रशिक्षक पदबाट राजीनामा दिएका लिप्पी इटाली र युभेन्टसका समेत पूर्वप्रशिक्षकसमेत हुन्। तर, लिप्पी मेमा पुनः सोही जिम्मेवारीमा फर्किएका थिए। लिप्पीले वार्षिक १ सय ८० मिलियन युआन कमाउने बताइएको छ।

‘काममा फर्किएको केही महिनापछि नै लिप्पीले राष्ट्रिय टोलीको प्रशिक्षणलाई प्राथमिकतामा राखेका छैनन्,’ओरियन्ट स्पोट्र्स डेल्लीले उल्लेख गरेको छ, ‘लिप्पीलाई आफू खुसी बिदामा बस्न कसले अनुमति दियो ? सम्झौता नै त्यहीअनुसार भएको हो की ? लिप्पी र फुटबल संघले यसको जवाफ दिन आवश्यक छ।’

लिप्पीलाई विश्ववरीयताको ६९औं स्थानमा रहेको चीनलाई कतार विश्वकप २०२२ मा छनोट गराउनु मुख्य जिम्मेवारी दिइएको थियो। चीनले हालसम्म एक पटक मात्र विश्वकपमा सहभागिता जनाएको छ। सन् २००२ मा दक्षिण कोरियासँग संयुक्त रूपमा प्रतियोगिता आयोजना गरेको चीनले आयोजकको रूपमा विश्वकप सहभागिताको अवसर पाएको थियो।

लिप्पीको प्रशिक्षणमा चीनले ३६ मध्ये १६ खेलमा सुखद नतिजा ल्याएको छ। तर लिप्पीले टोलीलाई सन् २०२२ को कतार विश्वकपमा छनोट गराउन सक्छन् वा सक्दैनन् त्यसले उनको सफलता निर्धारण गर्नेछ। पछिल्लो खेलमा फिलिपिन्ससँग गोलरहित बराबरीमा रोकिएको चीन विश्वकप छनोटको आफ्नो समूहमा दोस्रो स्थानमा छ। सो समूहबाट सिरिया शीर्ष स्थानमा छ।

अर्को महिना दक्षिण कोरियामा हुने इस्ट एसिया च्याम्पियनसिपमा चीनले प्रतिस्पर्धा गर्दा  चीनका फुटबल प्रशिक्षक मार्सेलो लिप्पी भने इटालीमै बिदामा हुनेछन्। जसको कारण चिनिया फुटबल संघले बिहीबार आकस्मिक निर्णय गर्दै ली ताईले अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको छ। त्यससँगै त्यहाँका संचारमाध्यमहरूले लिप्पीमाथि जिम्मेवारी पूरा नगरेको र राष्ट्रिय टोलीलाई बेवास्ता गरेको आरोप लगाएका छन्।

 

प्रकाशित: २१ कार्तिक २०७६ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App