८ वैशाख २०८१ शनिबार
खेल

आर्मी अन्तिम चारमा

दमक – त्रिभुवन आर्मी क्लब झापाको बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबार भएको तेस्रो क्वार्टरफाइनलमा पाहुना टोली मोलवे एफसी असामलाई २–० गोलले हराउँदै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। खेलको छैटौं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई खेलमा अघि बढाएका थिए। प्रतिस्पर्धात्मक खेलमा अधिकांश समय आर्मीले असामको गोलपोस्टमा आक्रमण बुनेको थियो।

असामले आर्मीविरुद्ध संघर्षपूर्ण प्रदर्शन गरे पनि झापाली दर्शकको समर्थन बटुलेको थियो। तर, असामका खेलाडीको फ्रन्ट लाइनमा फिनिसिङ राम्रो नहुँदा स्कोर भने हुन सकेन। खेलको ७४औं मिनेटमा पाएको फ्रिकिकमा दीपक गुरुङको प्रहार गोलमा परिणत भएको थियो। दीपकको प्रहार गोलरक्षक अल्बर्टको हातमा परे पनि बल फुत्किएर जाली चुमेको थियो।

आर्मीका टेकबहादुर खेलको म्यान अफ दी म्याच भए। १० टोली सहभागी गोल्डकपमा बिहीबार चर्च ब्वाइज एफसी काठमाडौंविरुद्ध गोर्खा ब्वाइज एफसी बुटबलबीच हुनेछ। गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले नगद ६ लाख २५ हजार रुपैयाँसहित ट्रफी पाउनेछ। बुधबार भएको तेस्रो क्वार्टरफाइनलमा पाहुना टोली मोलवे एफसी असामलाई २–० गोलले हराउँदै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

 

प्रकाशित: २१ कार्तिक २०७६ ०३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App