८ वैशाख २०८१ शनिबार
खेल

चेल्सीको उत्कृष्ट पुनरागमन

पेरिस – जर्जिन्नोको दुई पेनाल्टी गोलबाट चेल्सीले उत्कृष्ट पुनरागमन गर्दै आयाक्सलाई ४–४ को बराबरीमा रोक्दा च्याम्पियन्स लिगको साबिकको विजेता लिभरपुलले मंगलबार साघुरो जित हात पारेको छ।

त्यस्तै बोरुसिया डर्टमन्डले पनि पुनरागमनमै इन्टर मिलानमाथि जित हात पार्दा भ्यालेन्सियाले पनि सफलता प्राप्त ग¥यो। यद्यपि यी सबै नतिजाभन्दा पनि चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा नाटकीय खेलले सबै नतिजालाई छायामा पारिदिएको छ। खेलको दोस्रो मिनेटमै चेल्सीका ट्यामी अब्राहिमले गरेको आत्मघाती गोलबाट आयक्सले अग्रता लिएको थियो। त्यसको तीन मिनेटपछि नै जर्जिन्नोले पेनाल्टीको सदुपयोग गर्र्दै चेल्सीलाई खेलमा फर्काए।

तर, २०औं मिनेटमा क्वाइन्सी प्रोमुले पुनः आयाक्सलाई खेलमा अघि बढाए। ३५औं मिनेटमा चेल्सीले आयाक्सलाई पुनः आत्मघाती गोल उपहार दियो। ५५औं मिनेटमा डोने भान डे बिकले गोलबाट ४–१ को अग्रता लिएसँगै आयाक्स सनसनीपूर्ण जिततर्पm उन्मुख बनेको थियो। तर, चेल्सीले खेलको अन्तिम २७ मिनेटमा तीन गोल फर्काउँदै चेल्सीलाई खेलमा समेत फर्कायो। ६३औं मिनेटमा सेजार एजप्लिक्वेटाले गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने संकेत गरेका थिए।

५५औं मिनेटमा डोने भान डे बिकले गोलबाट ४–१ को अग्रता लिएसँगै आयाक्स सनसनीपूर्ण जिततर्पm उन्मुख बनेको थियो। तर, चेल्सीले खेलको अन्तिम २७ मिनेटमा तीन गोल फर्काउँदै चेल्सीलाई खेलमा समेत फर्कायो।

६८ र ६९औं मिनेटमा क्रमशः ड्यानी ब्लाइन्ड र जोयल भेल्टमेनले दोहोरो पहेंलो कार्डको दर्शन गरेसँगै आयाक्सले ९ खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो। ७१औं मिनेटमा जर्जिन्नोले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई ४–३ को अवस्थानमा पु¥याएका थिए। त्यसको ३ मिनेटपछि रेसे जेम्सले चेल्सीको हारको संघार टारे।

‘म यो खेलको वर्णन गर्न सक्दिन। हामीले खेलका क्रममा भएका विभिन्न पक्षलाई पछि विश्लेषण गर्न सक्छौं। तर खेलको क्रममा देखिएको नाटकीय घटनाक्रम बिर्सन सकिन्नँ,’चेल्सीका प्रशिक्षक फ््रयान्क लाम्पार्डले भने। यस नतिजापछि समूह ‘एच’ मा समान ७ अंक बटुलेका आयाक्स, चेल्सी र भ्यालेन्सिया क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थाना छन्। मंगलबारै भएको अर्को खेलमा समूह ‘एच’ मै भ्यालेन्सियाले लिलेलाई ४–१ ले हरायो।

समूह ‘इ’ मा लिभरपुलले जिन्कलाई २–१ ले हरायो। १४औं मिनेटमा जर्जिन्नो विज्नाल्डमले बललाई जाली चुमाउँदै लिभरपुललाई खेलमा अघि बढाएका थिए। तर, ४१औं मिनेटमा एमबाओना समाताले जिन्कलाई खेलमा फर्काए। ५३औं मिनेटमा एलेक्स अक्सलेड चेम्बरलियनले गरेको गोल लिभरपुलको जितका लागि पर्याप्त बन्यो।

‘हाम्रो लक्ष्य विजयी नतिजा ल्याउने थियो। जुन पूरा भएको छ,’लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने। समूह ‘इ’ मै नेपोली र साज्बर्गले १–१ को बराबरी खेले। यता बार्सिलोना भने स्लाभिया पाराग्वेसँग गोलरहित बराबरीमा रोकिँदा डर्टमन्डले इन्टरलाई ३–१ ले हरायो।

प्रकाशित: २१ कार्तिक २०७६ ०३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App