१६ चैत्र २०८० शुक्रबार
खेल

च्याम्पियन्स लिगः बार्सिलोना रोकियो, डर्टमण्डको उत्कृष्ट पुनरागमन

काठमाडौं– च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले तुलनात्मक रुपमा कमजोर मानिएको स्लाभिया प्रागसंग बराबरी खेलेको छ। खेलमा पक्कड जमाए पनि स्पेनिस क्लव बार्सिलोना गोल गर्नबाट चुकेको थियो।

मंगलबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाका आधा दर्जन प्रहार असफल भएका थिए। समुह ‘एफ’ को अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले भने उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको छ। 

डर्टमण्डले इटालियन क्लब इन्टर मिलानलाई ३–२ गोल अन्तरले पराजित गरेको हो। २–० गोलले पछि परेको स्थिति उल्टाएर डर्टमण्डले जित निकालेको हो। पहिलो हाफमा मिलान २–० गोलले पछाडी रहेको थियो।

इन्टरका लागि पाँचौं मिनेटमै लाउटारो मार्टिनेज गोल गरेका थिए। त्यस्तै ४० औं मिनेटमा माटियास भेसिनोले गोल गरेपछि डर्टमण्डको विपक्षमा पहिलो हाफ रह्यो। दोस्रो हाफ सुरु भएको ६ मिनेटमा डर्टमण्डले गोल अन्तर घटायो। खेलको ५१ औं मिनेटमा अर्चार्फ हाकिमीले गोल गरेका हुन्।

त्यस्तै ६४ औं मिनेटमा जुलियन ब्रान्टले गोल गरेपछि डर्टमण्डले खेल बराबरीमा ल्याएको थियो। हाकिमीले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमण्डले ३–२ ले अग्रता लिएको थियो। उनले ७७ औं मिनेटमा गोल गरेका हुन्। थप गोल नभएपछि डर्टमण्डले इन्टर मिलानबाट तीन अंक खोस्न सफल भएको हो। 

बार्सिलोना ४ खेलबाट मात्र ८ अंक सहित समुहको शीर्ष स्थानमा छ।  बोरुसिया डर्टमण्ड ७ अंक सहित दोस्रो र ईन्टर मिलान ४ अंक सहित तेस्रो स्थानमा छ। त्यता स्लाभिया प्रागको भने २ अंक मात्रै छ।

लिभरपुल विजयी
साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलमा जीत दर्ता गराएको छ। समुहको चौथो खेलमा केआरसी जेन्कलाई लिभरपूलले २–१ पराजित गरेको हो।

लिभरपुलको जीतमा जर्जिन्हो विजनाल्डम र एलेक्स अक्सलेड चेम्बरलिनले एक एक गोल गरेका थिए। जीत संगै समूह ‘ई’मा लिभरपुल  ९ अंक सहित शीर्ष स्थानमा छ। एक अंक जोडेको जेन्क तालिकाको चौथो स्थानमा छ।


आयाक्स र चेल्सी बराबरीमा
च्याम्पियन्स लिगमा चेल्सीले डच क्लब आयाक्ससंग ४–४ गोलको बराबरी खेलेको छ। १–४ गोलअन्तरले पछाडी रहेको अवस्थालाई उल्टाउँदै चेल्सीेले बराबरी खेलेको हो।

खेलमा आयाक्स ९ खेलाडीमा सिमित भएको थियो। स्टामफोर्ड ब्रिजमा आयाक्सले दोस्रो मिनेटमा टमी अब्राहमले आत्मघाति गोलबाट अग्रता बनाएको थियो।

चौथो मिनेटमा  जोर्गिन्होले पेनाल्टीमा गोल गरेपछि चेल्सीले १–१ गोलको बराबरी बनाएको थियो। क्विन्सी प्रमिसले २० औ मिनेटमा, किपा एरिजाबलागाले ३५ औ मिनेटमा आत्मघाति गोल  र भान डी विकले ५५ औ मिनेटमा गोल गरेपछि आयाक्स १–४ को स्थिती पुगेको थियो।

सेजर अजपिलिकुइताले ६३ औं मिनेटमा चेल्सीका लागि गोल गरेका थिए।  खेलको ६८ र ६९ औं मिनेट आयाक्सका लागि खराब समय सावित भयो। ब्लाईन्ड र वेल्टमेनले एक मिनेटको अन्तरमा रातो कार्ड खाएपछि अजाक्स ९ खेलाडीमा सिमित बनेको थियो।

७१ औ र ७४ औ मिनेटमा चेल्सीले गोल गरेपछि खेल ४–४ को स्थितीमा पुगेको थियो। चेल्सीका लागि पछिल्ला दुई गोल जोर्गिन्होले पेनाल्टीमा र रिस जेम्स गरेका थिए। 

अन्य खेलका नतिजाहरु
समुह ‘ई’ 

केआरसी जेन्क १–२ लिभरपुल
नापोली १–१ रेड बुल

समुह ‘एफ’
बार्सिलोना ०–०  स्लाभिया प्राग
बोरुसिया डर्टमण्ड ३–२ ईन्टर मिलान

समुह ‘जी’
लियोन ३–१ बेन्फिका
जेनिथ ०–२ लेप्जिङ

समुह ‘एच’
चेल्सी ४–४ आयाक्स
लिले १–१ भ्यालेन्सेया

 

प्रकाशित: २० कार्तिक २०७६ ०७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App