१६ चैत्र २०८० शुक्रबार
खेल

नेपालले थाइल्याण्डसँग खेल्ने

काठमाडौं– नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज थाइल्याण्डको राष्ट्रिय भलिबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ।

नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) र बङ्गलादेशमा यसै महिनामा सञ्चालन हुने एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेका नेपाली टोलीले थाइल्याण्डको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। खेल दिउँसो ४ बजेपछि शुरु हुनेछ। 

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली टोलीले यसअघि थाइल्याण्डमा विभिन्न टोलीसँग मैत्रीपूर्ण खेल खेलेकामा  तीन खेलमा जित र दुई खेलमा हार व्यहोरेको थियो। नेपालले पहिलो मैत्रीपूर्ण खेलमा स्थानीय टोली जरानसानिवोङ र दोस्रो खेलमा बैङ्कक विश्वविद्यालयको टोलीलाई हराएको थियो।

त्यस्तै थाइल्यान्ड यु–२१ टोलीसँग पराजित भएको नेपाली टोलीले चौथो खेलमा जापानको जुतिर टोलीलाई हराएको थियो। एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप यही कात्तिक २२ देखि २७ गतेसम्म हुदैछ भने साग मङ्सिर १५ देखि २५ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: १३ कार्तिक २०७६ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App