coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालद्वारा उत्तरकोरिया र लक्जेम्बर्ग पराजित

चीन- सातौँ विश्व सैनिक खेलकूद प्रतियोगिताअन्तर्गत आज भएको ब्याड्मिन्टनतर्फ पहिलो चरणको खेलमा नेपालले उत्तरकोरिया र लक्जेम्बर्गलाई पराजित गरेको छ। पहिलो चरणका पुरुषतर्फको एकल खेलमा नेपालका रत्नजीत तामाङले लक्जेम्बर्गका रोबर्ट म्यानलाई २१–१६ र २१–१५ को सोझो सेटमा हराएका छन्। 

त्यस्तै पुरुषतर्फ डबलमा रत्नजीत तामाङ र नवीन श्रेष्ठले जोडीले उत्तर कोरियाका खेलाडी चुङइल किम र होे चोल युलाई हराएका हुन्। तामाङ र श्रेष्ठले २१–१८, १९–२१, २१–१९ को सेटले कोरियाका खेलाडीलाई पराजित गरेका हुन्। मिक्स डबलमा भने थाइल्याण्डसँग नेपाल पराजित भएको छ। 

आजै भएको ८०० मिटरको दौडमा पनि नेपालका सोमबहादुर कुमालले आशा गरेअनुरुपको नतिजा ल्याउन सकेनन्। इन्टरनेशल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने ल्याउन सकेनन् । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको हो। 

उक्त प्रतियोगितामा नेपालले आर्चरी, ब्याडमिन्टन, बक्सिङ, घोडचढी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङमा भाग लिएको छ। रासस

प्रकाशित: ६ कार्तिक २०७६ १६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App