coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

व्याकुल माइला गोल्ड कपको उपाधि आयोजक टिमलाई

ओखलढुंगा- ओखलढुंगामा सम्पन्न व्याकुल माइला गोल्ड कपको ८ औं संस्करणको उपाधी आयोजक टिम नयाँ नेपाल सरोकार समाजले जितेको छ। ज्वालामुखी युवा क्लव हर्कपुरलाई ३–१ गोल अन्तरले पराजित गर्दै समाजले उपाधी हात पारेको हो। जितसँगै विजेता टिमले नगद रु एक लाख ५० हजारसहित शिल्ड जितेको छ।

यस्तै उपविजेता ज्वालामुखी युवा क्लवले ८० हजार जितेको छ। समाजलाई जितका लागि सविन केसीले तिनै गोल गरेका थिए। प्रतियोगितामा दिलकर्ण बेष्ट अवार्डको १० हजार रुपियाँ पुरस्कार वेष्ट टिम काठमाडौं एफसीलाई प्रदान गरिको छ। उत्कृष्ट खेलाडीको उपाधि मानस राईलाई प्रदान गरिएको छ।

उदयमान खेलाडीको उपाधि हिलेपानी फुटबल क्लबका क्षितिज राईलाई प्रदान गरिएको छ। सर्वाधिक गोलकर्ता सविन केसी नयाँ नेपाल सरोकार समाजका खेलाडि भएका छन्। उनले खेल अवधिमा आठ गोल गरेका थिए। उत्कृष्ट डिफेन्डर सुमन राई (ज्वालामुखी युवा क्लब), उत्कृष्ट गोल रक्षक जङ्गीबहादुर आले मगर (नयाँ नेपाल सरोकार समाज)लाई प्रदान गरिएको व्याकुल माईला गोल्ड कप समारोह समितिका सहसचिव पविरास राईले जानकारी दिए।

यस्तै पहिलो पटक भएको रुपामाया स्मृती महिला फुटबल प्रतियोगितामा डीवाईसी दुर्छिम खोटाङ्ग लाई पेनाल्टीमा हराउदै ओखलढुंगा मानेभञ्ज्याङ्ग गाउँपालिका–३ उवुँको सौजन्य युवा क्लव विजयी भएको छ। सौजन्यले २५ हजार नगद सहित शिल्ड पुरस्कार प्राप्त गरेको छ। उप विजेता डीवाईसी दुर्छिम खोटाङ्गले दश हजार पुरस्कार हात पारेको छ।

ओखलढुंगाको मानेभञ्ज्याङ्ग गाउँपालिका–६ स्थित ब्याकुल माईलाको जन्म गाउँ सोक्माटार, ब्आलेमबगरमा असोज २६ गते बाट प्रतियोगिता सुरु भएको थियो। प्रतियोगितामा पुरुष तर्फ ओखलढुंगालगायत खोटाङ्ग, सिन्धुली, उदयपुर र काठमाण्डौका गरि २६ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। महिला तर्फ आठ टिमको सहभागिता थियो।

खेलकुदको माध्यमबाट आफ्नै पालामा आफ्नै जन्म थलोमा हरेक वर्ष प्रतियोगिता सञ्चालन गरिएको राष्ट्रिय गानका सर्जक ब्याकुल माईला प्रदिप कुमार राईले बताए। प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्ने सबै आयोजक तथा अन्य सहयोगि संघ सस्थाहरुलाई उनले धन्यवाद दिएका छन्।

प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथी संघीय सांसद यज्ञराज सुनुवार विशेष अतिथीहरु प्रदेश ख सांसद मोहन खड्का, पुर्वसभासद रामहरी खतिवडा, मानेभञ्ज्याङ्ग गाउँपालिका अध्यक्ष मोतिराज राई, राष्ट्रिय गानका सर्जक व्याकुल माईलालगायतका अतिथीहरुको उपस्थिती रहेको थियो। प्रतियोगिता सञ्चालनका लागि मानेभञ्ज्याङ्ग गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो।

प्रकाशित: ५ कार्तिक २०७६ १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App