६ वैशाख २०८१ बिहीबार
खेल

क्यानद्वारा विभिन्न समिति गठन, पारस खड्काको राजीनामाबारे कुनै निर्णय भएन

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटको भावी कार्ययोजना बनाउन विभिन्न समितिहरु गठन गरेको छ।

क्यान केन्द्रिय कार्य समितिको आईतबार काठमाडौंको मूलपानीस्थित केन्द्रिय कार्यालयमा बसेको बैठकले क्यानको भावी योजनाहरु तय गर्न प्रतियोगिता समिति, प्राविधिक समिति, मिडिया समिति र आर्थिक समिति पनि गठन गरेको हो। प्राविधिक समितिमा सञ्जयराज सिंह, आर्थिक समितिमा रोशनबहादुर सिंह, प्रतियोगिता समितिमा प्रशान्त मल्ल र संचार समितिमा अशोकनाथ प्याकुरेललाई संयोजक तोकिएको छ। क्यानमा भावी योजना तय गर्न ती समितिहरुलाई जिम्मेवारी पनि दिइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

बैठकले कप्तान पारस खड्काले दिएको राजीनामाको विषयमा भने कुनै निर्णय गरेन। 

प्रकाशित: ३ कार्तिक २०७६ १६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App