१६ चैत्र २०८० शुक्रबार
खेल

होलेसुङ-जनकराज मार्ग गोल्डकपमा आयोजकको विजयी सुरुवात

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सुरु होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला सिली फुटबल क्वलले विजयी सुरुवात गरेको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा सञ्चालन हुँदै आएको गोल्डकपको उद्घाटन खेलमा सिर्जनात्मक एकता युवा सेवा समाज च्यास्मीटारलाई पेनाल्टी सुटआउटमा ४ का विरुद्ध ५ गोल गर्दै साकेला सिलीले विजय यात्रा तय गरेको हो। 

निर्धारित समय बराबरी २÷२ गोलमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। दुर्छिमका स्थानीयबासीको पहलमा निर्माण गरिएको ‘होलेसुङ–जनकराज राई मार्ग’को नाममा २०७३ सालदेखि सुरु गरिएको होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको चौथो संस्करण प्रदेशसभा सांसद उषाकला राईले उद्घाटन गरेकी हुन््। हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको देवीस्थान खेलमैदानमा उद्घाटन गरिएको गोल्डकपको फाईनल खेल दुर्छिमको बोहेम्मास्थित ‘कृष्णराम–मोतिप्रसाद राई रङ्गशाला’मा सञ्चालन गरिने आयोजक साकेला सिली फुटबल क्लबका अध्यक्ष कमल राईले बताए।

प्रतियोगीता साकेला सिली फुटबल क्लब, हलेसी तुवाचुङ फुटबल क्लब र सिर्जनात्मक एकता युवा सेवा समाजको संयुक्त आयोजनामा सुरु गरिएको हो। प्रतियोगीतामा विभिन्न जिल्लाका २२ टिमको सहभागीता रहेको छ। पुरुष फुटबल प्रतियोगीतामा प्रथम हुने टिमले नगद १ लाख र रनिङ कप तथा दोश्रो हुने टिमले ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक साकेला सिली फुटबल क्लबका अध्यक्ष राईले बताए। प्रतियोगीताका सेमीफाइनलिष्ट टिमले नगद २०÷२० हजार प्राप्त गर्ने छन्। यस्तै, प्रतियोगीताका उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई ५÷५ हजार राशीको ‘अमृता–अदिलसेर राई मुइमालाम बेस्ट अवार्ड’का साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले बताए। प्रतियोगीताका अनुशासित टिमलाई १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

आफ्नो श्रम र पसिनाले निर्माण गरिएको गाउँको सडकको प्रचार–प्रसार एबं स्तरोन्नतीमा सबैको ध्यानाकर्षणकालागि दुर्छिममा हरेक वर्ष गोल्डकप सञ्चालन हुँदै आएको छ। अढाई वर्ष लगाएर २०७२ साल जेठ ९ गते उदघाटन गरिएको दुर्छिमको दलस्वर चोकदेखि सुनकोसी जोड्ने १२ किलोमिटर ‘होलेसुङ–जनकराज राई मार्ग’लाई स्थापित गराउनका लागि होलेसुङ–जनकराज राई मार्ग गोल्डकप सुरु गरिएको हो। समुदायले निर्माण गरेको सडकलाई खेलकुदका माध्यमबाट स्थापित गराउँदै गाउँको बिकासमा माहोल सिर्जनाकालागि फुटबल प्रतियोगीता गर्न लागिएको बुद्धिजिबी तिलक चाम्लीङले बताए। ‘गाउँ जोड्ने सडक बनाउनेक्रममा समुदायको ठूलो श्रम र पसिना परेको छ,’ चाम्लीङले भने, ‘त्यसको सम्मान गर्दै गाउँको बिकासका लागि त्यो उत्साह कायम राखेर सडकलाई परिचित गराउन फुटबल प्रतियोगीता सुरु गरिएको हो।’

‘स्थानीय पहिचान, स्थानीय विकास र समाजसेवालाई जोडौँ’ भन्ने नारासहित निर्माण गरिएको साविकको दुर्छिम–१ र ५ को दलश्वर राई चोकदेखि दुर्छिम–३, दुर्छिम–४ को ख्रोप्पा हुँदै सुनकोशीको बतासेघाट जोड्ने सडक उदयपुरबाट सगरमाथा पुग्ने छोटो मार्गकारुपमा बिकास गर्न सकिने सम्भावना रहेको छ।

करिब ४ सय वर्षअघिका हलेसीथुमका शासक होलेसुङ्को स्मृति तथा सडक निर्माणमा सबैभन्दा बढि आर्थिक र भौतिक सहयोग गर्ने समाजसेवी जनकराज राईको योगदानको कदरस्वरुप सडकको नाम ‘होलेसुङ–जनकराज राई मार्ग’ राखिएको हो। 

प्रकाशित: ३ कार्तिक २०७६ १३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App