८ वैशाख २०८१ शनिबार
खेल

क्यानको निलम्बन फुकुवा गर्ने आइसिसीको निर्णय

तस्बिर : ICC

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले शर्त राखेर निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। आइसिसीका नियमहरु उल्लंघन गरेको भन्दै क्यान सन् २०१६ देखि निलम्बनमा परेको थियो।

हालै क्यानको स्वतन्त्र निर्वाचनमा चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएपछि निलम्बन फुकुवाका लागि मार्गप्रशस्त भएको आइसिसीले जनाएको छ। आइसिसीका अध्यक्ष शशांक मनोहरले नेपालमा भएको प्रगतिलाई ध्यानमा राख्दै निलम्बन फुकुवा गरेर पुन सदस्यको मान्यता दिइएको बताए। ‘यसका लागि नेपालले मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ,’ उनले भने, ‘यसका लागि एउटा संक्रमणकालिन योजना बनाइनेछ। जसमा नियन्त्रित कोष पनि समावेश हुनेछ।’ 

साथै आइसिसीले जिम्वाब्बेको प्रतिबन्ध पनि फुकुवा गरेको छ। त्यसैगरी महिला क्रिकेटको पुरस्कार समेत बढाउने निर्णय गरेको छ। 

प्रकाशित: २७ आश्विन २०७६ १४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App