८ वैशाख २०८१ शनिबार
खेल

ओखलढुंगामा व्याकुल माइला गोल्ड कप सुरु

खोटाङ– राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा सञ्चालन हुँदै आएको व्याकुल माईला गोल्ड कपको आठौं संस्करण सुरु भएको छ। कोजाग्रत पूर्णिमाको अवसरमा व्याकुल माईलाको जन्मथलो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेको सोक्माटारस्थित दुधकोसी किनारमा व्याकुल माईला गोल्डकप सुरु भएको हो।

गोल्डकप आईतबार मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतीराज राईले उद्घाटन गरेका हुन्। ‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नाराका साथ आगामी कात्तिक ४ गतेसम्म सञ्चालन हुने प्रतियोगीताको पुरुषतर्फ ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली, सुनसरी, काठ्माण्डौं र ललितपुरका आएका २६ टिम र महिलातर्फ ८ टिमको सहभागीता रहेको गोल्डकप आयोजक समितिका कोषाध्यक्ष नविनकुमार राईले बताए।

व्याकुल माईला जन्मिएको ठाउँलाई चिनाउँदै विकास गर्नका लागि गोल्डकप मूल समारोह समितिले नयाँ नेपाल सरोकार समाज हिलेपानी र हिलेपानी फुटबलव क्लवसँगको सहकार्यमा प्रतियोगीता आयोजना गरेको हो। राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा उनकै जन्मथलोमा २०६८ सालदेखि हरेक वर्ष व्याकुल माईला गोल्ड कप सञ्चालन हुँदै आएको छ।

गोल्डकप अन्तरगत सोमबार भएको महिलातर्फको उद्घाटन खेलमा मानेभञ्ज्याङ युवा समुहलाई शुन्यका विरुद्धका १ गोल गर्दै सुनकोसी युवा समुह विजयी भएको छ।

यस्तै, पुरुषतर्फ माथिल्लो जयराम युवा क्लवलाई हिलेपानी फुटबल क्लवले शुन्यका विरुद्ध २ गोल गर्दै हराएको छ। खोटाङको दुर्छिमस्थित महाबीर युवा क्लवले शुन्यका विरुद्ध १ गोल गर्दै दुधकोसी आधारभुत विद्यालयलाई पछि पारेको छ। अहिले सुनकोसी युवा समुह र पुःर्नजागरण युवा क्लवबीच खेल चलिरहेको कोषाध्यक्ष राईले बताए। आजै सिस्नेरी फुटबल क्लव र फुलबारी युवा क्लवबीच खेल हुने आयोजकले जनाएको छ।

ओखलढुंगाको प्रतिष्ठित र सर्वाधिक राशीको फुटबल प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद १ लाख ५० हजार, दोश्रो हुने टिमले ८० हजार र सेमीफाइनलिष्ट टिमले नगद १५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

यस्तै, अनुशासित टिम, बेस्ट प्लेयर, हाइ स्कोरर र बेस्ट किपरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: २७ आश्विन २०७६ १०:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App