७ वैशाख २०८१ शुक्रबार
खेल

कन्सनले जित्यो छेडेदह कपको उपाधी

विजेतालाई ट्रफि तथा चेक हस्तान्त्रण गर्दै मन्त्री प्रकाश शाह ।

बाजुरा- छेडेदह कप खुला फुटबल प्रतियोगिताको उपाधी कन्सन बाजुराले जितेको छ। आटीचौर स्थीत दशरथ माविको खेल मैदानमा आयोजित प्रथम छेडेदह कपमा जिपी युथ फोरमलाई पराजित गर्दै उपाधी जितेको हो। खेल सेभेन ए साइड सञ्चालन गरिएको थियो।

कन्सनले जिपीलाई ३–० गोल अन्तरले पराजित गरेको हो। अनाथ बाल गृह सञ्चालन गरिरहेको कन्सन बाजुरा आफ्ना २ वटा टिमसहित खेलमा सहभागि बनेको थियो। कन्सन बी जिपीसँग पराजित हुदै सेमीफाइनलबाट बाहिरिएको थियो भने कन्सन ए सेमिफाइनलमा बुढीगंगा फुटबल क्लबलाई हराएर उपाधी हात पारेको हो।

खेलको सम्पूर्ण समय दबाबमा रहेको जीपीले गोल फर्काउन सकेन्। पहिलो हाफमा २ गोलको अग्रता लिएको कन्सनले दोस्रो हाफ थप एक गोलसहित ३–० गोलले पराजित बन्न पुग्यो। विजेता बन्ने लक्ष्य सहीत नाम चलेका खेलाडीसहित खेलमा सहभागि जीपीले उपविजेतामै चित्त बुझाएको छ।

छेडेदह स्पोर्टस क्लबको आयोजना र खप्तड छेडेदह गाउँपालिका ७ नम्बर वडा कार्यालयको सहयोगमा सञ्चालन गरिएको हो। उपाधीसँगै कन्सन बाजुराले ३० हजार नगदसहित मेडल र ट्रर्फी हात पारेको छ। उपविजेता बनेको जिपीले २० हजार नगदसहित मेडल प्राप्त गरेको छ।

विजेतालाई सुदूर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले मेडल र चेक हस्तान्त्रण गरेका हुन्। असोज २३ गतेदेखि सञ्चालन भएको खेलमा ९ टिम सहभागि थिए। सहभागि मध्ये आयोजक छेडेदह स्पोटर्स क्लब भने समूह चरणबाटै बाहिरीएको थियो।

खेलमा आयोजक टिमका खेलाडी सुमन ओली राइजिङ पिलिएरबाट सम्मानित भएका छन्। भने विजेता टिमका खेलाडी हिमाल बडुवाल वेष्ट पिलिएर घोषित भएका छन्। यस्तै विजेता कन्सन बाजुराकै दिपक विक सर्वाधिक गोल कर्ताको रुपमा सम्मानीत भएका छन्। विकले ह्याट्रिक सहीत खेल अवधीभर ९ गोल गरेका थिए।

खेल क्षेत्रको विकास र प्रवर्दन गर्न पहिलो प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन्। प्रत्येक वर्षको विजया दशमीको पछिल्लो दिनबाट सुरु गर्ने उद्घोष सहीत सञ्चालित खेलमा अर्को वर्षको पुरस्कार राशी १ लाख ५१ हजार १ सय ११ घोषणा गरिएको कोषाध्यक्ष लक्ष्मण ओलीले बताए। 

नेकपाका नेता एवं सामाजिक अभियान्ता लालबहादुर ओलीले उद्घाटन गरेको खेलको समापन आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले गरेका हुन्। शाहले भव्य मैदान रहेको आटीचौर क्षेत्रले बाजुराकै खेल क्षेत्रको अगुवाई गर्न सुझाव दिएका छन्।

भौतिक विकासँगै खेल क्षेत्रको पनि विकास आवश्यक रहेको बताउँदै शाहले प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग गर्न तयार रहने बचन दिएका छन्। हरेक वर्ष खेल आयोजना गर्ने गरि योजना नै बनाएर बजेट विनियोजन गर्ने कार्यवाहक वडा अध्यक्ष लालबहादुर खड्काले बताएका छन्। खेलमा महेश कार्कीले रेफ्रिको भूमिका निर्वाह गरेका थिए। आटीचौर खेल मैदान जिल्लाकै ठूलो खेल मैदान हो।

प्रकाशित: २७ आश्विन २०७६ १०:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App