४ वैशाख २०८१ मंगलबार
खेल

बक्सिङ खेलाडी बिदाइ

काठमाडौं– नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि बक्सिङको विशेष प्रशिक्षण पोखरामा हुने भएको छ। पोखरामा विशेष तयारी गर्न सागका लागि छनोट भएका १६ जना बक्सिङ खेलाडी त्यसतर्फ जाने भएका छन्।

पोखरा जाने नेपाली टोलीलाई नेपाल बक्सिङ संघले आइतबार विदाई पनि गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिब रमेश सिलवाल, बक्सिङ संघका अध्यक्ष राम अवाले तथा संघका पदाधिकारीहरुले पोखरा जाने टोलीलाई विदाई गरे। 

पोखरामा नेपाली टोलीलाई उज्वेकिस्तानका आइवा प्रथम स्टार प्रशिक्षक एलिसर राखिमोव, नेपालका मुख्य प्रशिक्षक प्रकाश थापा मगरले प्रशिक्षण दिनेछन्। नेपालमा आयोजना हुने साग यहीं मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ।

पोखरा जाने खेलाडी महिलातर्फ ललिता महर्जन, माला राई, मिनु गुरुङ,चन्द्रकला थापा, संगिता सुनुवार र पुनम रावल रहेकी छन् भने पुरुष तर्फ सुशिल थापा मगर , तेज बहादुर देउवा, पुरण राई, सनिल शाही, भुपेन्द्र थापा, विकास लामा ,दिपक श्रेष्ठ, मनोहर बस्नेत (म्याक्स), अर्जुन सिगु आशिष दुवाडी रहेका छन्।

प्रकाशित: २६ आश्विन २०७६ १३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App