१५ चैत्र २०८० बिहीबार
खेल

‘लिभरपुललाई दाबेदार भन्नु हतार’

लन्डन – लिभरपुलका रक्षक भर्जिल भान डिजिकले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग शीर्षतामा ५ अंकको अग्रता बनाए पनि अहिले नै उपाधिको दाबेदार आफ्नो टोली हो भन्नु सान्दर्भिक नहुने बताएका छन्।

योर्गान क्लोपको टोलीले शनिबार पहिलो खेलमा सेफिल्ड युनाइटेडविरुद्ध १–० को जितका साथ केही घण्टा शीर्षतामा ८ अंकको अग्रता लिएको थियो। तर शनिबारै सिटीले एभर्टनमाथि ३–१ को जितका साथ सो अंकदूरी ५ मा घटाएको थियो।
लिभरपुलले शतप्रतिशत नतिजालाई सातांै खेलसम्म निरन्तरता दिएको थियो। गत सिजन पनि लिभरपुलले सिटीमाथि ७ अंकको अग्रता बनाए पनि अन्ततः सिजनको अन्त्यमा सिटीसँग १ अंकले पछि पर्दै उपाधिबाट टाढिएको थियो।

‘अहिले केही भन्नु धेरै हतार हुन्छ। हामी अहिले अक्टोवरमा छौं र अझै व्यस्त समय आउन बाँकी छ,’ उनले भने, ‘अझै धेरै खेल बाँकी छन् र हाम्रो अहिलेको प्राथमिकता भनेको अबका खेलमा पनि जितको लयलाई निरन्तरता दिनु हो। हामी अन्य टोली कति अंकले पछि छ भनेर बस्दैनाैं किनकि यसको कुनै अर्थ छैन। सबै टोली यही मनस्थितिमा होलान् सायद किनभने गत सिजन के भयो हामी सबैलाई राम्रोसँग थाहा छ।’

‘मिडियाले हो अहिलेबाट विजेता टोलीको घोषणा गर्ने,’ भान डिजिकले भने, ‘वास्तविकता भनेको हामीसँग अहिले केही पनि छैन। सुधारका धेरै पक्ष बाँकी छन् र हामी जित लयलाई निरन्तरता दिन केन्द्रित छांै।’

सिल्भालाई कारबाही
लन्डन, असोज १७ (नागरिक)– समकक्षी बेन्जामिन मेन्डीलाई अंकित गर्दै कालो कार्टुन पात्र सामाजिक सञ्जालमा राखेको भन्दै म्यानचेस्टरका बेर्नान्डो सिल्भालाई इङ्लिस फुटबल एसोसियन (एफए) ले दुव्र्यवहारको सम्बन्धमा कारबाही सुनाएको छ।

कारबाही सुनाए पनि एफएले अहिलेसम्म कारबाही तोकेको छैन। विवादास्पद कालो कार्टुन पात्र सामाजिक सन्जालमा राखेपछि सिल्भा विवादमा मुछिएका हुन्। पोर्चुगलका मिडफिल्डर सिल्भाले अघिल्लो महिना समाजिक सन्जाल ट्विटरमा मेन्डीसँगै कालो पात्र ट्विट गरेका थिए। सिल्भाले ट्विटरबाट हटाए पनि उनलाई कारबाही सुनाइएको हो।

एफएले बुधबार विज्ञप्ति जारी गर्दै कारबाही सुनाएको हो। ‘सामाजिक सन्जालमा दुव्र्यवहार हुने किसिमको अभिव्यक्ति दिएका बेर्नान्डो सिल्भालाई कारबाही गरिएको छ,’  एफएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सिल्भाले सेम्टेम्बर २२ मा ट्विट गरेका थिए।

कारबाही सम्बन्धमा एफएको आधिकारिक धारण अक्टोबर ९ मा मात्र आउनेछ। सम्भवतः सिल्भालाई एफएले केही खेलमा प्रतिबन्धको कारबाही सुनाउनेछ। ट्विटपछि कारबाही सुनाइएका सिल्भाले पछिल्लो दिनमा साथीभाइसँग मजाक गर्नु पनि हानिकारक हुने बताए।

सिल्भाले गत हप्ता एफएलाई माफी माग्दै अपिल गरेका थिए। मेन्डीको बारेमा ट्विट गरे पनि उनले ट्विटविरुद्ध आपत्ति जनाएका  थिएनन्। सिल्भाकै पक्षमा मेन्डी बोलेका थिए।  यस्तै प्रशिक्षक पेप ग्वार्डिओला, अर्का समकक्षी रहिम स्ट्रलिङले पनि सिल्भाको बचाउ गर्दै अभिव्यक्ति दिएका थिए।

मेन्डी र सिल्भा २०१६ देखी सिटीमा सँगै खेल्दै आएका छन्। यस अघि दुवैले मोनाकोमा खेलेका थिए। यसअघि २०१८ मा सिल्भा इन्स्टाग्राममा राखेको भिडियोका कारण पनि विवादमा तानिएका थिए। उक्त भिडियोमा पनि उनी रंगभेदी विषयमा मुछिएका थिए।

प्रकाशित: १८ आश्विन २०७६ ०५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App