१६ चैत्र २०८० शुक्रबार
खेल

मेलम्चीकाे पाेल्टामा कालिदेवी संस्थापक कप

उपाधिसहित प्रतियोगिताको विजेता मेलम्ची नगरपालिकाका खेलाडी तथा प्रशिक्षक । तस्बिरः ध्रुव/नागरिक

सिन्धुपाल्चोक- सर्वाधिक पुरस्कार राशीको कालिदेवी संस्थापक भलिबल कपको उपाधि मेलम्चीले जितेको छ। प्रतियोगिताको फाइलनमा बुधबार चौतारा साँगाचोकगढी नगरपालिकालाई पराजित गर्दै मेलम्चीले उपाधि कब्जा गरेको हो। 

उपाधिसँगै मेलम्चीले एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार हात पा¥यो। उपविजेता बनेको चौताराले ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कारमा चित्त बुझायो। प्रतियोगितामा तेस्रो स्थान हाँसिल गरेको इन्द्रावती गाउँपालिकाले २२ हजार दुई सय २२ रुपैयाँ नगद पुरस्कार पायो।

कालिदेवी मावि चौताराले आयोजना गरेको प्रतियोगिताको फाइलनमा मेलम्चीले चौतारालाई सोझो सेटमा हरायो। मेलम्चीले २५–१९, २५–१९ र २५–१४ मा पराजित गर्दा उपाधि दाबेदार ठानिएको चौतारा कमजोर देखियो। यसअघि बुधबारै तेस्रो स्थानको लागि भएको खेलमा इन्द्रावतीले हेलम्बु गउँपालिकालाई ३–० को सोझो सेटमै स्तब्ध बनाएको थियो।

प्रतियोगिताको उत्कृत व्यक्तिगत उपाधिमा मेलम्चीकै बर्चस्व रह्यो। मेलम्चीका रमेश खतिवडा प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दा उक्त टीमकै रमेश भट्टराई उत्कृष्ट स्पाइकर, कृष्ण तामाङ उत्कृष्ट सटर घोषित भए। चौताराका जगदीश श्रेष्ठ उत्कृट ब्लकर, हेलम्बुका अजय तामाङ उत्कृष्ट डिफेन्डर, चौताराका हेमबहादुर थापाले उदयीमान खेलाडीको उपाधि जिते। टोलीलाई विजेता बनाउन सफल मेलम्चीका राजकुमार श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए। उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले ट्रफी पुरस्कार पाए।

प्रदेश नं. ३ का सांसद सरेश नेपालले विजयी टोली तथा खेलाडीलाई ट्रफी, मेडल र नगद पुरस्कार वितरण गरेका थिए। सातासम्म चलेको जिल्लाका स्थानीय तहस्तरीय प्रतियोगितामा आठ गाउँ÷नगरपालिकाले भाग लिएका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुसिं तामाङले बर्सेनी प्रतियोगिता गर्दै जाने बताए। ‘प्रतियोगितालाई भव्य बनाउन पुरस्कार रकम बढाउँदै लैजान्छौँ,’ उनले भने।

प्रकाशित: १५ आश्विन २०७६ १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App