१६ चैत्र २०८० शुक्रबार
खेल

वायर्न म्युनिखको सान्दार जित, रियल रोकियो


काठमाडौं– च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब वायर्न म्युनिखले इंलिस क्लब टोटेनहमविरुद्ध ७–२ गोल अन्तरको सान्दार जित दर्ता गराएको छ। च्याम्पियन्स लिग अन्तर्गतको दोस्रो खेलमा टोटेनहम पराजित भएको हो। म्युनिखको जितमा सर्ज गनाब्री नायक बने।

उनी एक्लैले दोस्रो हाफमा चार गोल गरे। खेलमा अग्रता भने टोटेनहमले लिएको थियो। खेलमा सन ह्युङ मिनले १२ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए।

जोसुवा किमिचले १५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। रोबर्ट लेवान्डोस्कीले ४५ औं मिनेटमा गोल गरेपछि म्युनिख पहिलो हाफमा २–१ गोल अन्तरले अगाडी रह्यो।

दोस्रो हाफमा भने टोटेनहमले विर्सन लायक खेल पस्कियो।  गनाब्रीले ५३ औ, ५५ औं, ८३ औ र ८८ औं मिनेटमा गोल गरेका थिए।

लेवान्डोस्कीले ८७ औं मिनेटमा गोल गरेपछि म्युनिखले टोटेनहमको पोष्टमा ७ गोल गर्न सफल भयो। यता ह्यारी केनले भने ६१ औं मिनेटमा प्राप्त  पेनाल्टीलाई गोल गरेपछि ७–२ गोल अन्तरले खेल सकिएको हो।

वायर्न २ खेलबाट ६ अंक सहित ग्रुप ‘बि’को शीर्ष स्थानमा छ भने टोटेनहम १ अंक सहित तेस्रो स्थानमा छ। सोही ग्रुपको अर्को खेलमा  कार्भेन ज्याभेज्दाले ओलम्पियाकसलाई ३–१ गोल अन्तरले पराजित गरेको छ। 

रियल म्याड्रिड रोकियो
स्पेनिस क्लब रियल मड्रिडले बेल्जियमको क्लब ब्रुगसँग २–२ गोलको बराबरी खेलेको हो। घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्था उल्टाएर रियलले बराबरी खेलेको हो।

१० खेलाडीमा सिमित ब्रुगलाई रियलले दोस्रो हाफमा दुई गोल फर्किएको हो। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडले नवौं र ३९ औं मिनेट गोल खाएको थियो। ब्रुगको लागि दुबै गोल इमान्युएल डेनिसले गरेका हुन्।

यता रियलको लागि भने ५६ औं मिनेटमा कप्तान सर्जियो रामोसले हेड गोल गर्दै २–१ गोलको अवस्थामा पुर्याएका थिए। त्यस्तै ८५ औं मिनेटमा कासिमिरोले गोल गरेपछि रियल २–२ गोलको बाराबरी अवस्थामा पुगेको हो।

समुह ‘ए’ अन्तरगर्तको अर्को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले गालाटासराईलाई १ गोल अन्तरले पराजित गर्यो। ६ अंक सहित पिएसजी समुहको शीर्ष स्थानमा छ।

त्यस्तै दोस्रो स्थानमा २ अंक सहित ब्रुग, तेस्रो स्थानमा १ अंक सहित गालाटासराई र रियल भने समु्हको पुच्छारमा रहेको छ।

अन्य खेलको नतिजा यसप्रकार छ

ग्रुप ‘ए’
रियल मड्रिड २–२ क्लब ब्रुग
पिएसजी १–० गालटासराई

ग्रुप ‘बि’
टोटेनहम २–७ बार्यन म्युनिख
कार्भेन ज्याभेज्दा ३–१ ओलम्पियाकस

ग्रुप‘सि’
म्यान्चेस्टार सिटी २–० डाइनामो जाग्रेब
एटालान्टा १–२ सक्टर डोनेस्क

ग्रुप ‘डि’
युभेन्टस ३–० वायेर लेभेनकुसेन 
लोकोमोटिभ मस्को ०–२ एथ्लेटिको म्याड्रिड 

समुह चरणका बाँकी आठ खेल आज राती हुने छन्।

प्रकाशित: १५ आश्विन २०७६ ०६:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App