१५ चैत्र २०८० बिहीबार
खेल

म्यान्चेस्टर युनाइटेड अग्रपंक्तिका खेलाडी भित्र्याउने– प्रशिक्षक

लिड्स– इङ्लिस प्रिमियर लिगको प्रतिष्ठित फुटबल क्लब म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले गुन्नार सोल्सजारले चालू सत्रमै अग्रपंक्तिका खेलाडी भित्र्याउन लागिपरेको बताएका छन्।    
     
टिमका अनुभवी खेलाडी रोमेलु लुकाकु र अलेक्सिस सान्चेज टिमबाट बाहिरिएसँगै म्यान्चेस्टरको अग्रपंक्ति कमजोर बनेको छ। प्रशिक्षक सोल्सजारले क्लबमा प्रतिभाशाली खेलाडी भएपनि पछिल्ला केही खेलमा गोल गर्न नसकिएको भन्दै अग्रपंक्तिका खेलाडी भित्र्याउनेतर्फ विचार विमर्श थालिएको जानकारी दिए।     
     
उनले हामी खेलामा केही नयाँपन ल्याउन चाहेका छौं, र हामीले केही लामो समयको करारमा खेलाडी भित्र्याउन खोजेका छौं भने।     
     
म्यान्चेस्टर युनाइटेडले युभेन्टसका मारियो मान्जुकी र पाउलो डिबाला, बोरुसिया डर्टमन्डका जाडोन सान्चो र एथ्लेटिक बिल्बाओका इनाकी विलियम्सलाई ल्याउन प्रयास गरिरहेको छ।     
     
युनाइटेड हाल प्रिमियर लिगमा ११औं स्थानमा छ। सोमबार युनाइटेडको खेल आर्सनलसँग हुँदैछ। रासस

प्रकाशित: १३ आश्विन २०७६ ०७:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App