८ वैशाख २०८१ शनिबार
खेल

भारत फाइनलमा

काठमाडौं– साफ यू–१८ च्याम्पियनसिप फुटबलमा भारत फाइनलमा प्रवेश गरेको छ। हलचोक मैदनमा शुक्रबार भएको खेलमा माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।

दोस्रो सेमिफाइन अन्तर्गत भएको खेलमा भारतलाई  जिताउन नरेन्द्रर, मानबिर सिंह र निन्थोईनगान्बाले एक एक गोल गरे। थप एक गोल भने भारतले आत्मघाती उपहार पाएको थियो।

पहिलो सेमिफाइनलको खेलमा बंगलादेशले भुटानलाई ४–० ले पराजित गरी फाइनलमा प्रवेश गरिसकेको छ।फाइनल खेल आइतबार हुनेछ। नेपाल यस अघिको दुई संस्करणको विजयी टिम हो। जारी तेस्रो संस्करणमा भने भारत वा बंगलादेश विजयी बन्ने निश्चित भएको हो।

 

प्रकाशित: १० आश्विन २०७६ ११:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App