१५ चैत्र २०८० बिहीबार
खेल

अर्सनल र युनाइटेडको विजयी सुरुवात

युरोपा लिग फुटबलमा आर्सनल र म्यान्चेस्टार युनाइटेडले विजयी सुरुवात गरेको छ। बिहीबार सम्पन्न खेलमा अर्सनलले फ्र्यांकफर्टलाई ३–० ले र म्यान्चेस्टार युनाइटेडले एस्टानालाई १–० ले पराजित गरेको छ।

लिगको समूह चरण अन्तर्गतको पहिलो खेलमा आर्सनलले फ्र्यांकफर्टलाई उसकै मैदानमा पराजित गरेको हो। आर्सनलको जितमा जोसेफ विलकले खेलको ३८ औं मिनेटमा पहिलो गोल गरे।

खेलको अन्तिम १० मिनेटमा फ्र्यांकफर्ट १० खेलाडीमा सीमित भएको थियो। जसको फाइदा आर्सनले उठाउन सफल भयो।

रातो कार्डसंगै धरमाराएको फ्र्रांकफर्डले अन्तिम पाँच मिनेटमा दुई गोल खायो। आर्सनलका लागि साकाले ८५ मिनेटमा र पिएरले ८७ मिनेटमा गोल गरेका हुन्। 

यता १७ वर्षिय म्यासन ग्रीनवूडले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले युरोपा लिगको आफ्नो पहिलो खेलमा जित दर्ता गरेको छ। उनले ७३ औं मिनेटमा गरेका थिए। 

प्रकाशित: ३ आश्विन २०७६ ०५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App