७ वैशाख २०८१ शुक्रबार
खेल

प्लाजा ‘ए’ लाई उपाधि

काठमाडौं, असोज २ (नागरिक )– आयोजक सोल्टी क्राउन प्लाजा ‘ए’ ले बिहीबार सोल्टी सेलेब्रेसन इन्टरहोटल फुटसल प्रतियोगिताको उपाधि जितेको छ। कुमारी फुटसल पकनाजोलमा भएको फाइनल खेलमा सोल्टीले र्याडिसन होटललाई ७–२ गोलले पराजित गर्दै उपाधि जितेको हो।

सोल्टी सेलिब्रेसन कपको नाम दिइएको प्रतियोगितामा आयोजकका दुई टोलीसहित १० होटलले सहभागिता थियो। अघिल्ला वर्षमा झैँ सोल्टी क्राउन प्लाजाले यस वर्ष पनि आत्मीयता र भाइचाराका माध्यमले सम्बन्ध सुधार गर्ने उद्देश्यसहित अन्तरहोटल फुटसल प्रतियोगिता आयोजना गरेको हो।

लिग कम नकआउट प्रणालीमा सञ्चालन भएको एकदिने प्रतियोगितामा द्वारिका होटल, साङ्ग्रिला होटल, याक एन्ड यती होटल, काठमाडौं म्यारिओट होटल,  अक्मा होटल, होटल र्याडिसन, अन्नपूर्ण होटल, पार्क भिलेज र सोल्टी क्राउन प्लाजा काठमाडौंका दुई टोलीले सहभागिता थियो।

प्रतियोगिताको विजेता सोल्टीले नगद २ लाख रुपियाँ हात पार्दा उपविजेता र्याडिसनले नगद १ लाख तथा तेस्रो स्थानको अकिमा होटलले ५० हजार हात पार्यो। अकिमा होटलका गणेश खड्का र र्याडिसनका दीपेश केसीले समान १० गोलका साथ सर्वाधिक गोलकर्ता बन्दै नगद १० हजार हात पारे।

 

 

प्रकाशित: ३ आश्विन २०७६ ०५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App