१६ चैत्र २०८० शुक्रबार
खेल

नेइमारको सजाय घट्यो

पेरिस– म्याच अफिसियल्सलाई दुर्व्यवहार गरेको भन्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेइमारलाई लागेको तीन खेलको प्रतिबन्ध घटुवा भएको छ। कोर्ट अफ आर्बिटेसन फर स्पोट्र्सले मंगलबार नेइमारको प्रतिबन्ध तीन खेलबाट घटाएर दुई खेलमा मात्र प्रतिबन्ध हुने जनाएको हो।

२७ वर्षे नेइमारलाई युइएफए म्याच अफिसियल्सलाई दुव्र्यवहार गरेको भन्दै गत मार्च ६ मा तीन खेलको प्रतिबन्ध सुनाएको थियो। नेइमारको नयाँ सिजन सुरु हुनुपूर्व खेलाडी सरुवा बजारबाट क्लब छाड्ने चर्चा चले पनि स्पेनिस क्लब बार्सिलोना र रियाल मड्रिडमा अनुबन्धको विषयले टुङ्गो नपाउँदा उनी पिएसजीमा नै रहेका हुन। 

नेइमारले च्याम्पियन्स लिगअन्तर्गत पिएसजीको पहिलो खेल रियाल मड्रिड र दोस्रो खेल ग्यालाट्यासारेसँग हुने खेल गुमाउनेछन् भने २२ अक्टोबर २२ मा बुुर्जेससँग हुने खेलमा मैदान उत्रिनेछन्।

पिएसजीले नेइमारको प्रतिबन्ध फुकुवाका लागि निरन्तर अपिल गरिरहे पनि च्याम्पियन्स लिगको पूर्वसन्ध्यामा एक खेलमा मात्र सजाय घटाएको हो। अघिल्लो सिजन च्याम्पियन्स लिगको पछिल्लो खेलअन्तर्गत म्यानचेस्टर युनाइटेडसँग भएको खेलमा नेइमार चोटका कारण मैदानबाहिर रहेका थिए। 

 

प्रकाशित: १ आश्विन २०७६ ०४:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App