८ वैशाख २०८१ शनिबार
खेल

क्याडेट र जुनियरमा नेपाल सफल

काठमाडौं  – आयोजक नेपालको युनाइटेड तेक्वान्दो डोजाङ तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा क्याडेट र जुनियर दुवैतर्फ टिम च्याम्पियन भएको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा आइतबार सम्पन्न च्याम्पियनसिपमा महिला÷पुरुषको फाइटमा क्याडेटतर्फ ६ स्वर्ण र जुनियरमा तीन स्वर्ण एक रजत र ३ कांस्यका साथ नेपालको युनाइटेड तेक्वान्दो डोजाङ दुई विधामा टिम च्याम्पियन बन्न सफल भयो। क्याडेटमा सुर्खेत जिल्ला तीन स्वर्ण, २ रजत र एक कांस्यका साथ दोस्रो तथा लैनचौर डोजाङ दुई स्वर्ण, ३ रजत र दुई कांस्य जित्दै तेस्रो स्थानमा रहन सफल भए।

युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा भएको च्याम्पियनसिपको जुनियरतर्पm भने सीतापाइला तेक्वान्दो डोजाङ दुई स्वर्ण र एक रजत तथा दिलीप स्मृति डोजाङ दुई स्वर्ण र एक रजतका साथ तेस्रो बन्न सफल भयो। सिनियरको फाइटमा भने भारतका दुई टोलीले शीर्ष दुई स्थान प्राप्त गर्दा नेपालको भ्याली डिभिजन तेस्रो स्थानमा खुम्चियो। क्याडेट फाइटतर्पm महिलामा नेपालका पूजा कुँवर र पुरुषमा महेन्द्र विक उत्कृष्ट खेलाडी चयन भए।

जुनियरको पुरुषमा नेपालकै सरोज मगर र महिलामा आयसा लामा तथा सिनियरतर्पm पुरुषमा भारतका नरप्रीत सिंह र महिलामा अस्ट्रेलियाकी कातिन्का पेनकेथ उत्कृष्ट खेलाडी घोषित भए। पुम्सेतर्पm भने मलेसिया च्याम्पियन बन्न सफल भयो। मलेसियाले व्यक्तिगत, पेयर र टिममा गरी सर्वाधिक ७ स्वर्ण जितेको थियो। नेपालकै जेसिस स्कुल दोस्रो र माइती नेपाल तेस्रो स्थानमा रह्यो।

जेसिसले तीन स्वर्ण, दुई रजत र २ कांस्य तथा माइती नेपालले तीन स्वर्ण र दुई रजत जितेका थिए। व्यक्तिगत पुम्सेतर्पm पुरुषमा मलेसियाका अनुवास सरात र महिलामा पनि मलेसियाकै नुर इर्दिना उत्कृष्ट खेलाडी चयन भए। पेयर पुम्सेमा भने नेपालको जेसिस स्कुलका योवेन्दन दाहाल र मोनिका मगरको जोडी उत्कृष्ट जोडी घोषित भयो। पुरुषको टिम पुम्सेमा नेपालको सीतापाइला डोजाङ तथा महिलामा स्युचाटार डोजाङ उत्कृष्ट टोली बन्न सफल भए।

आइतबार सम्पन्न फाइटतर्पm सिनियर पुरुषमा ८० केजीमुनि नेपालका विष्णु दाहालले स्वर्ण जित्दा घरेलु प्रतिद्वन्द्वी जोन राउतलाई हराए। भारतका अक्षकुमार जैन्त र नेपालका गोकुल खत्री तेस्रो भए। ६३ केजीमुनि भएको रोमाञ्चक फाइनलमा नेपालका कपिल थापाले भारतका शर्माशेर सिंहमाथि २१–२० स्कोरको जित रच्दै स्वर्ण दिलाएका थिए। यस तौलमा नेपालका नवीन केसी र भारतका रमेश तेस्रो स्थानमा खुम्चिए।

७४ केजीमुनि भारतीय खेलाडी हाबी हुँदा नवप्रीत सिंहले स्वर्ण र अविजित सिंहले रजत पदक जिते। नेपालका चित्रबहादुर अधिकारी र कैलाश थारू तेस्रो भए। ६८ केजीमुनि भारतका सुनील कुमारले नेपालका ज्ञानबहादुर श्रेष्ठलाई हराउँदै स्वर्ण जिते। नेपालका किसन खत्री र सरोज बुढाथोकी तेस्रो भए। ५८ केजी तौलसमूहमा नेपालका सागर मृङचिङले स्वर्ण जित्न नेपालकै विक्रान्त डंगोललाई हराए।

गत शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रका आठ सय ६५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए। टाइगर्स ब्रुअरी प्रालिको मुख्य प्रायोजनमा सञ्चालित च्याम्पियनसिपमा नेपालका सातै प्रदेशबाट ६ सय ५० र अन्य १३ राष्ट्रबाट दुई सय १५ खेलाडीले एक सय १४ स्वर्णका लागि प्रतिस्पर्धा गरेका हुन्।

च्याम्पियनसिपमा दक्षिण एसियाका भारत, बंगलादेश, श्रीलंका, भुटान तथा दक्षिण एसियाबाहिरका दक्षिण कोरिया, मलेसिया, जापान, मकाउ, चीन, अस्ट्रेलिया, जर्मनी, अमेरिका र क्यानाडाका खेलाडीले ग्योरोगी र पुम्सेमा प्रतिस्पर्धा गरेका थिए। च्याम्पियनसिपको फाइटमा क्याडेटतर्पm पुरुष तथा महिला दुवैमा आठ तौलसमूह, जुनियर (१५ देखि १७ वर्ष) तर्फ पुरुष र महिलाले सात तौलसमूह, सिनियरको महिला र पुरुषमा आठ तौलसमूहमा खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।

फाइटतर्पm क्याडेट र जुनियरमा टिम च्याम्पियन नेपालको युनाइटेड तेक्वान्दो डोजाङ। तस्बिरः नागरिकगत शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रका आठ सय ६५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए।

 

 

 

प्रकाशित: ३० भाद्र २०७६ ०२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App