१६ चैत्र २०८० शुक्रबार
खेल

लोयल्टी च्याम्पियन

काठमाडौं – लोयल्टी एकेडेमीले मंगलबार दोस्रो विद्या संस्कार सिनियर ब्वाइज फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

अत्तरखेलस्थित आयोजक विद्या संस्कारमा भएको फाइनलमा लोयल्टीले योङ हाटर््सलाई १–० गोलले पराजित ग¥यो। लोयल्टीका तेन्जिङदोर्जे तामाङले निर्णायक गोल गरे। प्रतियोगितामा एक्सेल्सियरका धीरज जोशी उत्कृष्ट खेलाडी, काठमाडौं भ्याली स्कुलका मिङमारछेवाङ तामाङ उत्कृष्ट गोलरक्षक र लोयल्टीका शैलेश कर्माचार्य उत्कृष्ट प्रशिक्षक घोषित भए। प्रतियोगिताभर ४ गोल गरेका योङ हार्ट्सका दावा तामाङ सर्वाधिक गोलकर्ता बने।

ड्याफोडिलले अनुशासित टोलीको उपाधि हात पा¥यो। विजेतालाई एन्फा फुटसल कमिटीका को–ओर्डिनेटर दावा लामा, विद्या संस्कारका संस्थापक निर्देशक एवं प्रिन्सिपल सुधीरकुमार झा, विद्या संस्कारका निर्देशकद्वय राजेश अधिकारी र सुरेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। तीनदिने प्रतियोगितामा १६ टिम सहभागी थिए।

प्रकाशित: २५ भाद्र २०७६ ०७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App