८ वैशाख २०८१ शनिबार
खेल

नाडाललाई चौथो पटक उपाधि

न्युयोर्क – निकै रोमाञ्चक बनेको ग्रान्ड स्लामको फाइनलमा आइतबार राफाइल नाडालले सफलता हात पार्दै चौथो पटक युएस ओपनको उपाधि उचालेका छन्। न्युयोर्कस्थित आर्थर एसे स्टेडियममा सम्पन्न युएस ओपनको फाइनलमा रसियन प्रतिद्वन्द्वी डानियल मेदभेदेभलाई पाँचौं सेटमार्पmत स्तब्ध बनाउँदै स्पेनिस स्टार नाडालले १९औं  ग्रान्ड स्लाम जितेका छन्। विश्व नम्बर दुई नाडालले विश्व नम्बर पाँच रसियन स्टार मेदभेदेभलाई ७–५, ६–३, ५–७, ४–६ र ६–४ ले हराएका थिए।

३३ वर्षे दायाँ हाते नाडाल पुरुषतर्पm सर्वाधिक ग्रान्ड स्लाम विजेता रोजर फेडेररको २०औं ग्रान्ड स्लामको रेकर्डनजिक पुगेका छन्। साथै नाडाल युएस ओपनको एकलतर्पmको उपाधि जित्ने दोस्रो पाका खेलाडीसमेत बनेका छन्। यसअघि सन् १९७० मा केन रोजवेलले ३५ वर्षको उमेर युएस ओपनको उपाधि जितेका थिए।

गत जुनमा फ्रेन्च ओपनमा १२औं पटक उपाधि जितेका नाडाल यस सिजन दोस्रो ग्रान्ड स्लाम उचाल्न सफल भए। न्युयोर्कमा पाएको सफलतापछि नाडालले आफ्ना लागि आजको रात निकै भावुक रहेको बताए। सफलतापछि नाडालको आँखा रसाएको विभिन्न सञ्चारमाध्यमा प्रसारणसमेत भएको थियो।

‘जुन तरिकाले आजको खेल सम्पन्न भयो। त्यो हरेक खेलाडीका लागि अविस्मरणीय क्षण हुन्छ,’ नाडालले भने, ‘यी सबै सफलता मेरो मस्तिष्कमा एकै पटक आइपुगे। त्यससँगै मैले मेरा भावनाहरू रोक्ने प्रयास गरें। तर, कुनै बेला यस्तो क्षण आउँदो रहेछ, जुन हाम्रो नियन्त्रणमा हुँदैन।’

स्पेनिस टेनिसका लिजेन्ड नाडाल आइतबार सुरुआती दुई सेटको अग्रताका बावजुद त्यसपछि लगातार दुई सेट गुमाए। यद्यपि, उनी पाँचौं सेट आफ्नो बनाउँदै अवसर सदुपयोग गर्न सफल भए। ‘यो जित मेरा लागि ठूलो अवसर हो,’ नाडालले भने, ‘यस्तो खराब परिस्थितिमा खेललाई नियन्त्रणमा लिनु निकै कठिन हुने गर्दछ। जब खेल आफ्नो नियन्त्रणभन्दा बाहिर जान्छ, त्यो समय हातका नशा तेजसँग चल्न थाल्छन्।’

फेडेरर, जिमी कोनर्स र पिट साम्प्रासले पाँच पटक युएस ओपनको उपाधि जितेका छन्। एक उपाधि कम जितेका नाडाल त्यो रेकर्डलाई पनि पछ्याउने अभियानमा छन्। यता रसियन स्टार मेदभेदेभले नाडालको सफलता अविस्मरणीय रहेको प्रतिक्रिया दिए। दश वर्षपछि ग्रान्ड स्लामको सबैभन्दा युवा फाइनिस्ट बनेका २३ वर्षे मेदभेदेभले त्यो अवसर भने जोगाउन सकेनन्।

यसअघि सन् २००९ को युएस ओपनमा हुआँ मार्टिन पोट्रो सबैभन्दा कम उमेरका फाइनलिस्ट थिए। साथै मेदभेदेभ सन् २००५ पछि ग्रान्ड स्लामको फाइनलमा पुग्ने पहिलो रसियन पुरुष खेलाडीसमेत थिए। सन् २००५ मा रसियाका मारत साफिनले अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए। साफिनले सन् २००० मा युएस ओपनको उपाधिसमेत जितेका थिए। त्यसपछि मेदभेदेभ रसियालाई सोही सफलता दोहो-याउने लक्ष्यमा थिए।

तर, नाडालले रसियन स्टार मेदभेदेभको लक्ष्य पूरा हुन दिएनन्। विश्व नम्बर दुई नाडालले ट्रफीसँगै ३।८५ मिलियन युरोसमेत प्राप्त गरेका थिए। पाँच पटक युएस ओपनको फाइनलमा पुगेका नाडालले सबै ग्रान्ड स्लाममा गरेर २७औं पटक उपाधि भिडन्त गरेका छन्।

३० वर्ष पार गरेपछि मुख्य पाँच उपाधि जित्ने उनी पहिलो पुरुष खेलाडीसमेत बनेका छन्। नाडाल र मेदभेदेभबीचको भिडन्त हालसम्मको लामो समयको फाइनल बन्नबाट ४ मिनेटले चुक्यो।  यसअघि सन् १९८८ मा म्याट विलान्डर र सन् २०१२ मा एन्डी मुर्रेले कुल ४ घण्टा ५० मिनेटको फाइनल खेलेका थिए।

फेडेरर, जिमी कोनर्स र पिट साम्प्रासले पाँच पटक युएस ओपनको उपाधि जितेका छन्। एक उपाधि कम जितेका नाडाल त्यो रेकर्डलाई पनि पछ्याउने अभियानमा छन्।

प्रकाशित: २४ भाद्र २०७६ ०४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App