१६ चैत्र २०८० शुक्रबार
खेल

अफगानिस्तानलाई टेस्ट शृंखला

चित्तागोङ – कप्तान रासिद खानले ४९ रन खर्चंदै ६ विकेट लिएसँगै अफगानिस्तानले सोमबार २ सय २४ रनको फmराकिलो जितका साथ बंगलादेशविरुद्धको एक मात्र टेस्ट शृंखला जितेको छ। पाँचौं दिन १३६–६ बाट खेलको सुरुआत गरेको घरेलु टोलीले १७.२ ओभरमा थप ३७ रन जोड्दा बाँकी २ विकेट गुमाएको थियो। त्यस क्रममा रासिदले अन्तिम ४ मध्ये ३ विकेट लिएका थिए।

यद्यपि वर्षाका कारण दिनको पहिलो सेसन भने प्रभावित बनेको थियो। त्यस क्रममा मात्र २.१ ओभरको बलिङ सम्भव भएको थियो। १ सय ९८ रनको लक्ष्य पछ्याएको बंगलादेश अन्ततः १ सय ७३ रनमा अलआउट भएको थियो। वर्षा लगत्तै सुरु भएको दोस्रो सेसनको पहिलो बलमा जाहिर खानले  साकिब अल हसनलाई पवेलियन फर्काएपछि घरेलु टोलीको टेस्ट जोगाउने लक्ष्यमा धक्का लागेका थियो।

अफसार जजाईबाट क्याच हुनुअघि  साकिबले ५४ बलमा ४ चौकाको मद्दतमा ४४ रन जोडे। रासिदले मेहदी हसनलाई १२  रनमा एलबिडब्लुको सिकार बनाएका थिए भने त्यसलगत्तै अर्को ओभरमा तैजुल इस्लामलाई डकआउट गरेका थिए। बंगलादेशका सौम्य सरकार र नाइम हसन सामु टेस्ट बराबरी गर्न ७.३ ओभर टिक्न आवश्यक थियो। तर ३.२ ओभरको खेल मात्र बाँकी रहदा सौम्यलाई रासिदले इब्राहिम जाद्रानबाट क्याच गराएसँगै अफगानिस्तानको जितले औपचारिकता पाएको थियो।

‘हामीले बंगलादेशजस्तो बलियो टोलीविरुद्ध जित हात पा-याैं, ‘रासिदले भने, ‘हामी टेस्ट संरचनामा नयाँ टोली हौं। सबैले योजनाअनुरूपकै प्रदर्शन गरे।’ अफगानिस्तानले पहिलो इनिङमा ३ सय ४२ रनको योगफल तयार पारेको थियो भने बंगलादेश पहिलो इनिङमा मात्र २ सय ५ रनमा अलआउट भएको थियो। यससँगै अफगानिस्तानले पहिलो इनिङमा १ सय ३७ रनको अग्रता लिएको थियो । अफगानिस्तानले दोस्रो इनिङमा २ सय ६० रन जोडेसँगै बंगलादेशले जितका लागि ३ सय ३४ रनको लक्ष्य पाएको थियो।

प्रकाशित: २४ भाद्र २०७६ ०४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App