coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

१३ औं सागको लोगो मनास्लुको चुचुरोमा पुर्‍याइने

काठमाडौं – नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को लोगो र मस्कट अंकित ब्यानर ‘किलर माउन्टेन’ का नामले परिचित मानास्लु हिमालको चुचुरोमा पु¥याइने भएको छ।

आरोही प्रकाशराज पाण्डेले उक्त ब्यानर ८ हजार १ सय ६३ मिटर उचाइको हिमाल मनास्लुको चुचुरोमा लान लागेका हुन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले सफलताको शुभकामना दिँदै ब्यानर प्रकाशलाई बिहीबार हस्तान्तरण गरे। मनास्लुको चुचुरोमा पु¥याएको ब्यानरलाई सागको उद्घाटान समारोहमा हस्तान्तरण गर्ने प्रकाशले जानकारी दिए।

सेप्टेम्बर तेस्रो साता प्रकाश मनास्लु आरोहण गर्ने तयारीमा छन्। रामेछाप निवासी २८ वर्षीय प्रकाशले विश्वको सर्वोच्च शिखर सगरमाथा, अमादब्लम र आइल्यान्ड पिकको १–१ पटक सफल आरोहण गरिसकेका छन्। उनले बडेन पावेल स्काउट पिकको पनि २ पटक सफल आरोहण गरिसकेका छन्।

प्रकाशित: २० भाद्र २०७६ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App