१५ चैत्र २०८० बिहीबार
खेल

न्यु समिट र टेक्सस सेमिफाइनलमा

काठमाडौं – आयोजक न्यु समिट र टेक्सस दोस्रो टियु बिएसस्सी सिएसआइटी अन्तरकलेज बास्केटबल प्रतियोगिताको पुरुषतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ।

न्यु समिटले पाटन बहुमुखी क्याम्पसलाई ४७–१८ ले पराजित ग¥यो। न्यु समिटका सुशान्त घिमिरेले १६ अंक जोडे। टेक्ससले निस्टलाई ४८–२३ ले हरायो। टेक्ससका मानाङ तामाङले २१ स्कोर गरे।

अन्य क्वार्टरफाइनलमा सगरमाथाले एसिएचएसलाई ४५–३२ तथा बर्नहार्टले एसएमटीलाई ५५–३५ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे। सगरमाथाका विश्वास कार्कीले १२ तथा बर्नहार्टका अविनाश गैरेले १६ अंक जोडे। सेमिफाइनल न्यु समिट र टेक्सस तथा सगरमाथा र बर्नहार्टबीच हुनेछ।

 

प्रकाशित: २० भाद्र २०७६ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App