१६ चैत्र २०८० शुक्रबार
खेल

साइपाल सेमिफाइनलमा

काठमाडौं – साइपाल नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

साइपालले गोल्डेनगेटलाई ३४–१८ ले पराजित ग¥यो । साइपालकी अस्मिता थापाले १४ अंक जोडिन् । ब्वाइजमा ट्रिनिटी, सिसिआरसी र गोल्डेनगेट क्वार्टरफाइनलमा पुगे । ट्रिनिटीले जेभियर इन्टरनेसनललाई ४०–३१ ले हरायो । ट्रिनिटीका किरण कँडेलले १३ स्कोर गरे ।

सिसिआरसीले आईडियल मोडललाई ८०–५१ ले पाखा लगायो । सिसिआरसीका रोशन शर्माले ३१ अंक जोडे । गोल्डेनगेटले ज्ञान निकेतनमाथि ४१–२४ को जित दर्ता ग¥यो। गोल्डेनगेटका मनीष तामाङले १७ अंक जोडे ।

प्रकाशित: १७ भाद्र २०७६ ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App