८ वैशाख २०८१ शनिबार
खेल

सान्चेज पनि इन्टर जाने

मिलान – म्यानचेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस सान्चेजलाई इटालियन क्लब इन्टर मिलानले लोनमा भिœयाउन सहमति जनाएको छ ।   सोमबार बन्द हुने युरोपियन खेलाडी सरुवा बजारअघि नै लोनमा अनुबन्धित हुन लागेका सान्चेजको सम्झौता हुने इन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले संकेत दिएका हुन् । सम्झौता भए सान्चेजले पूर्वसहकर्मी रोमलु लुकाकुसँग पुनः एउटै टिममा रहेर खेल्नेछन् । सान्चेज यसै सिजन ७ करोड ४ लाख पाउन्डमा इन्टर मिलान जान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तर इन्टर मिलान भने लोनको समयअवधि समाप्त भएपछि किन्नै पर्ने दफामा मन्जुरी जनाएको छैन । युनाइटेडका सर्वाधिक गोलकर्ता सान्चेजले प्रतिहप्ता ४ लाख पाउन्ड कमाउने अनुमान गरिएको छ । इन्टरको भुक्तानीका अधारमा सान्चेजले यति रकम पाउने अनुमान गरिएको हो ।

१९ महिना ओल्ड ट्राफोर्डमा बिताएका सान्चेज २०१८ मा आर्सनलबाट युनाइटेडमा अनुबन्धित भएका थिए । ४५ खेल खेलेका सान्चेजले युनाइटेडका लागि ५ गोल मात्र गरेका छन् । अघिल्लोे सिजन दुई गोल मात्र गरेका सान्चेजले प्रिमियर लिगमा एक गोल मात्र गरेका थिए । उनले युरोपियन लिग र काराबाओ कपमा पनि क्लबबाट खेलेका थिए । प्रशिक्षक ओले गनर सोल्सजायर युवा खेलाडीलाई प्राथमिकता दिँदै नयाँ टोली बनाउने सोचमा छन् । यसै कारण सोल्सजायरको पहिलो रोजाइमा मासन ग्रिनउड परेका हुन् ।

नयाँ सिजनमा कठिन प्रतिद्वन्द्वी चेल्सीविरुद्ध ४–० को सानदार जित निकाल्दै सुरुआत गरेको युनाइटेडले दोस्रो खेलमा उल्भरह्याम्पटनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । तेस्रो खेलमा क्रिस्टल प्यालेससँग २–१ ले पराजित भएको थियो । यसै साता मात्र युनाइटेडबाट इन्टर मिलान गएका रोमेलु लुकाकुले डेब्यु खेलमा नै गोल गर्दै उत्कृष्ट खेलाडी भएको प्रमाणित गरिसकेका छन् । उनैलाई साथ दिन सान्चेज युनाइटेड पुग्ने भएका हुन् ।

 

प्रकाशित: १३ भाद्र २०७६ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App