१६ चैत्र २०८० शुक्रबार
खेल

आरिस र अनुष्का च्याम्पियन

काठमाडौं – सिसिआरसीका खेलाडीद्वय आरिस महर्जन र अनुष्का प्रसाईं १४औं हरेराम स्मृति टेबलटेनिस प्रतियोगिताको खुलातर्फ च्याम्पियन बनेका छन्। आरिस पुरुष तथा अनुसका महिलामा पहिलो बनेका हुन्। हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा आरिसले एभरेस्टका हिमाल विष्टलाई ११–९, ११–६, ११–८, ८–११ र ११–६ को सेटमा पराजित गरे। ललितपुरका खेलाडीद्वय रुविन महर्जन तथा समीप श्रेष्ठ संयुक्त रूपमा तेस्रो भए।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको महिला फाइनलमा अनुष्काले भक्तपुरकी दिया देउलालाई ११–६, ११–८, ११–९ र ११–७ को सोझो सेटमा हराइन्। विजेश्वरीकी अनुष्का सिम्खडा तथा ललितपुरकी प्रणिका कुँवर तेस्रो बने। पहिलो हुने आरिस र अनुष्काले समान ५ हजार रुपैयाँ नगद पुरस्कार पाए।

विजेतालाई प्रा.डा. सुरेन्द्र केसी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाही र स्व. हरेरामका छोरा पूर्व टेबलटेनिस प्रमुख प्रशिक्षक रमेशराज (आरआर) जोशीलगायतले पुरस्कृत गरेका थिए।

प्रकाशित: ९ भाद्र २०७६ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App