१५ चैत्र २०८० बिहीबार
खेल

न्यु समिटका दुवै टोली क्वार्टरफाइनलमा

काठमाडौं – न्यु समिटको सिनियर ब्वाइज र गल्र्सका दुवै टोली १४औं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

सिनियर ब्वाइजमा न्यु समिटले नेसनल युनाइटेडलाई ३९–२८ ले पराजित ग¥यो। न्यु समिटको जितमा बादल थापा र शशांक महर्जनले समान ११ अंकको योगदान गरे। सिनियर गल्र्समा अम्बिका शर्मा र रुबिका निरौलाको समान ९ अंकको सहयोगमा न्यु समिटले पृथ्वीलाई २५–२६ को साँघुरो अन्तरले हरायो।

सिनियर ब्वाइजका अन्य खेलमा आयोजक ग्रिनल्यान्ड ‘बी’ ले बुढानीलकण्ठ आश्रमलाई २६–२४, गोल्डेनपिकले नवोदितलाई ३६–३२, एन्जल्स हर्टले डिआर मेमोरियललाई २९–२५, पृथ्वीले द चाँदबागलाई २०–१७ तथा ग्रिनल्यान्ड ‘ए’ ले ग्रिनफिल्डलाई ४६–३६ ले पाखा लगाए।

ग्रिनल्यान्ड ‘बी’ का क्षितिज गुरुङ र विमल जागरीले समान ९, गोल्डेनपिकका गोपाल भण्डारीले १३,  एन्जल्स हर्टका प्रतीक गौलीले १३ र पृथ्वीका रवि मण्डलले १४ स्कोर गरे। जुनियर ब्वाइजमा ग्रिनफिल्डले भद्रकालीलाई २६–१८ ले पन्छायो। विजयी टोलीका लागि गोविन्द थापाले १० अंक जोडे।

प्रकाशित: ९ भाद्र २०७६ ०२:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App