८ वैशाख २०८१ शनिबार
खेल

लाम्पार्डलाई पहिलो सफलता

नर्विच – टमी अब्राहमको दुई गोलप्रेरित चेल्सीले फ्रान्क लाम्पार्डको नेतृत्वमा पहिलो सफलता निकाल्दा शनिबार नर्विच सिटीलाई ३–२ ले पराजित गरेको छ। लाम्पार्डको नेतृत्वमा लगातार तीन खेलमा जितविहीन चेल्सीले चौथो खेलमा भने सफलता प्राप्त गर्दा नर्विचलाई स्तब्ध बनाएको हो। २१ वर्षे युवा खेलाडी अब्राहमले चेल्सीमा पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। अब्राहमको गोलबाट चेल्सीले तेस्रो मिनेटमै अग्रता लिए पनि त्यसको तीन मिनेटपछि नै नर्विचले बराबरी गोल फर्कायो। नर्विचका लागि टोड कान्टवेल बराबरी गोल फर्काए।

यद्यपि, खेलको १७औं मिनेटमा मेसन माउन्टले गोल गर्दै चेल्सीलाई पुनः अग्रता दिलाएका थिए। तर, चेल्सीको त्यो अग्रता पनि लामो समयसम्म टिक्न सकेन। टेमु पुकीको गोलबाट नर्विच पुनः बराबरीको स्थितिमा फर्कियो। त्यो गोलसँगै पहिलो हाफमा चेल्सी २–२ को बराबरीमा रोकियो। यद्यपि, दोस्रो हाफमा चेल्सीले गोल फर्काउँदै लाम्पार्डको प्रशिक्षणमा पहिलो जित निकाल्न सफल भयो।

६८औं मिनेटमा अब्राहमले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सीले अग्रता बनाएको थियो। यस पटक भने नर्विचले अग्रता तोड्न नसक्दा चेल्सीलाई नतिजा सुम्पियो। चेल्सीले यसअघि प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग ४–० ले हार बेहोरेको थियो। दोस्रो खेलमा भने लेस्टर सिटीसँग १–१ को बराबरीमा खेलेको थियो। ट्रान्सफरमा प्रतिबन्धसँगै आफ्ना महŒवपूर्ण खेलाडी बाहिरिँदा चेल्सीले यस सिजन राम्रो सुरुआत गर्न सकेको थिएन।

यद्यपि, युवा खेलाडीले पनि गोल गर्दै चेल्सीको आशा जगाएका छन्। जित निकाले पनि चेल्सीले डिफेन्स निकै फितलो देखिएको छ। लाम्पार्डको नेतृत्वमा चेल्सीले सबै प्रतियोगितामा गरेर चार खेलमा ९ गोल बेहोरिसकेको छ। अनुभवी खेलाडी पेड्रोलाई चोटका कारण नर्विचविरुद्ध बाहिर राख्दा चेल्सीले सबै युवा खेलाडीलाई मैदान पठाएको थियो। जुन २५ वर्षपछि चेल्सीले लिगमा पहिलो पटक औसत २४ वर्ष २०८ दिनका खेलाडीलाई मैदानमा उतारेको थियो।

यसअघि शुक्रबार राति भएको खेलमा एस्टन भिल्लाले तीन वर्षपछि इङ्लिस प्रिमियर लिगमा सफलता निकाल्दा एभर्टनलाई स्तब्ध बनायो। ब्राजिलियन स्टार विस्ली मोराइसले नयाँ क्लबका लागि मेडन गोल गरेको खेलमा एस्टन भिल्लाले २–० को जित निकालेको हो।

तीन वर्ष प्रिमियर लिग खेल्न असफल एस्टन भिल्लाले यस सिजन पुनरागमन गर्दा टोटेनह्याम र बर्नमाउथविरुद्धको सुरुआती दुई खेल गुमाएको थियो। त्यससँगै डिन स्मिथको टोली एस्टन भिल्लाले यस सिजन खराब सुरुआत गर्दा रेलिगेसनको बाटोमा देखिएको थियो।  यस सिजन २७ मिलियन पाउन्ड एस्टन भिल्लामा आबद्ध भएका मोराइसले घरेलु मैदानमा २२औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।

अनवर एल घाजीले अतिरिक्त समयमा गोल गरेपछि एस्टन भिल्लाले प्रिमियर लिगमा १५ खेलपश्चात् पहिलो जित निकालेको थियो। सन् २०१६ को फेब्रुअरीमा नर्विचविरुद्ध जित निकालेपछि एस्टन भिल्ला जितविहीन हुँदै आएको थियो। जुन खराब नतिजा शुक्रबार राति तोडिएको छ। यता, एभर्टनले पनि खराब फिनिसिङका कारण आफ्नो अपराजित यात्रामा पूर्णविराम लगाएको छ।

यसअघि एस्टन भिल्लाले क्रिस्टल प्यालेसलाई बराबरीमा रोक्दा वाटफोर्डमाथि जित निकालेको थियो। यता, एभर्टनका प्रशिक्षक ज्याक ग्रिलिसले भिल्लाविरुद्ध प्रिमियर लिगको २०औं खेलमा अपराजितको यात्रा पनि टुङ्ग्याएको छ। एभर्टनले खेलको सुरुआतमा रिचार्लिसविरुद्धको पेनाल्टी चुनौतीमा अवसर नपाउनु पनि हारको कारण बन्यो।  साथै ९०औं मिनेटमा थियो वालकट पोस्टनजिकैबाट बराबरी गोल गर्न असफल भएपछि एभर्टनले त्यसको ठूलो मूल्य चुकाउनुपरेको थियो। ट्रान्सफरमा प्रतिबन्धसँगै आफ्ना महŒवपूर्ण खेलाडी बाहिरिँदा चेल्सीले यस सिजन राम्रो सुरुआत गर्न सकेको थिएन।

 

प्रकाशित: ८ भाद्र २०७६ ०३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App