१६ चैत्र २०८० शुक्रबार
खेल

आइसिसी वरियतामा नेपाल एक स्थान खस्कियाे

काठमाडाैं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ। आइसिसीले सार्वजनिक गरेको एक दिवसीय नयाँ वरियतामा एक स्थान तल झरेर नेपाल १६औँ स्थानमा पुगेको छ। यसअघि नेपाल १५ औँ स्थानमा थियो।

वरियताको शीर्ष स्थानमा इङल्याण्ड छ भने दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अष्ट्रेलिया, पाँचौँमा दक्षिण अफ्रिका, छैटाैंमा पाकिस्तान र सातौँ स्थानमा बङ्गलादेश छ। त्यस्तै आइसिसी टी–ट्वान्टी वरियतामा भने नेपाल एघारौँ स्थानमा यथावत् रहेको छ। टी–ट्वान्टी वरियतामा नेपालभन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड छन्।

टी–ट्वान्टी वरियतामा पाकिस्तान पहिलो स्थानमा छ भने इङल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छ। यस्तै भारत अष्ट्रेलिया, न्यूजिल्याण्ड र अष्ट्रेलिया क्रमशः चौथो पाँचौँ, छैटाँै र सातौँ स्थानमा छन्। रासस

प्रकाशित: ६ भाद्र २०७६ ०९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App