१५ चैत्र २०८० बिहीबार
खेल

ही एटिपी जित्ने पहिलो बहिरा खेलाडी

वासिङ्टन – दक्षिण कोरियाका ली डक ही एटिपी टेनिसमा जित निकाल्ने पहिलो बहिरा खेलाडी बन्न सफल हुँदा सोझो सेटमा नतिजा आत्मसात् गरेका छन्।

एटिपी टुर्सको विन्सटन सलेममा भएको पहिलो राउन्डमा कोरियन बहिरा खेलाडी हीले स्विट्जरल्यान्डका हेनरी लाकसोनेनलाई सोझो सेटमा स्तब्ध बनाएका हुन्। उत्तरी क्यारोलिनामा वर्षाले ढिला मात्र सुरु भएको खेलमा कोरियन स्टार हीले स्विस स्टार लाकसोनेनलाई ७–६(७–४) र ६–१ को सेटमा पराजित गर्न सफल भए। वर्षा हुनुअघि उनी जितका लागि दुई अंकले पछि थिए। तर, खेल पुनः सञ्चालन भएलगत्तै हीले खेलको नतिजा आफ्नो पक्षमा पारे।

जितपछि कोरियन स्टार हीले सफलतामा निकै खुसी भएको बताए। ‘कतिपय व्यक्ति मेरो अशक्तपन देखेर रमाउन गर्थे। उनीहरू भन्थे, मैले खेल्न सक्दिनँ,’ २१ वर्षे युवा खेलाडी हीले भने, ‘साँच्चै नै सफलता निकाल्न कठिन पनि थियो। तर, मेरो परिवार र सहकर्मीको साथले सफल भएँ। मैले गर्न सक्छु भन्ने प्रमाणित गर्न पनि सकेको छु।’

हीले आफ्नो यो जित जो व्यक्तिले सुन्न सक्दैन, उसका लागि उत्पप्रेरणा बन्ने विश्वास व्यक्त गरेका छन्। ‘यो जित उनीहरूका लागि सन्देश हो,’ हीले भने,‘यदि तिमी कडा परिश्रम गर्छौ भने पक्कै सफलता चुम्नेछौं।’

हाल विश्व वरीयतामा २ सय १२ स्थानमा रहेका हीको एकलतर्पm वरीयतामा सबैभन्दा सफल नतिजा १ सय ३० औं स्थान हो। सन् २०१७ मा उनले त्यो सफलता हात पारेका थिए। सुन्न नसक्ने भएकाले खेलका क्रममा निकै समस्या उत्पन्न हुने हीले दुखेसो पोखे। उनले अम्पायरको कललगायत पक्षहरू सुन्न नसक्दा द्विविधा पैदा हुने गरेको समेत बताएका छन्।

उनी संवादका लागि सांकेतिक भाषा प्रयोग गर्दैनन्। तर, ओठको चालबारे पढ्न भने सक्छन्। खेलपछिको पत्रकार सम्मेलनमा पनि हीले आफ्नी धर्मपत्नीको सहाराले सञ्चार आदानप्रदान गरेका थिए।

 

प्रकाशित: ४ भाद्र २०७६ ०६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App