१६ चैत्र २०८० शुक्रबार
खेल

भ्याली पब्लिक र बिएनए फाइनलमा

काठमाडौं –  भ्याली पब्लिक र बिएनए पाँचौं स्किब्स सोमबार अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

भ्याली पब्लिकले हिमालयलाई १५–१० तथा बिएनएले एक्सेल्सियरलाई १२–१० ले पराजित गरे। ग्रिनल्यान्ड पनि ग्रामरलाई २१–२० को साँघुरो अन्तरले हराउँदै सेमिफाइनलमा पुग्न सफल भयो। सेमिफाइनलमा ग्रिनल्यान्डको भेट बिएनएसँग हुनेछ भने भ्याली पब्लिकले युलेन्सको सामना गर्नेछ।

जुनियर ब्वाइजमा सेबले रेडिअन्टलाई १२–९, बिएनएले लालीगुराँसलाई १४–९, महामञ्जुश्रीले हिमालयलाई १८–१७ र एन्जल्स हर्टले स्वप्न वाटिकालाई ११–९ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे।  सेब र महामञ्जुश्री तथा बिएनए र एन्जल्स हर्टबीच सेमिफाइनल हुनेछ।

सिनियर गल्र्समा निम्सले त्रियोगलाई १५–५, काष्ठमण्डपले हिमालयलाई १२–१०, इबिएले बिएनएलाई ७–५, चाँदबागले महामञ्जुश्रीलाई १०–७ र आयोजक स्किब्सले विज किड्सलाई १४–९ ले पन्छाउँदै क्वार्टरफाइनलमा स्थान बनाए। टिआइए, ग्रिनल्यान्ड र एचएचसिए यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेका छन्।
 

प्रकाशित: ३ भाद्र २०७६ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App