coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

क्रिकेटर सन्दीपलाई अमेरिकाले दिएन भिसा

काठमाडौं - अमेरिकी दूतावासले क्रिकेटर  सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ। सन्दीपले समाजिक संजालमा ट्वीट गर्दै आफूलाई अमेरिकाले भिसा नदिएको जानकारी गराएका छन्।

‘मेरो भिसा रिजेक्ट हुँदा अचम्म लागेको छ’, उनले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, हेलो सरकार र परराष्ट्र मन्त्रालयलाई मेन्सन गर्दै ट्वीट गरेका हुन्।

आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको सन्दीपको गुनासो छ। २१ अगष्टदेखि सुरु हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल)-२०१९मा सहभागिताका लागि उनले भिसा आवेदन दिएका थिए। तर, दूतावासले किन अस्वीकार गर्याे भन्ने जानकारी बाहिर ल्याएकाे छैन।

प्रकाशित: २८ श्रावण २०७६ ०६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App