१६ चैत्र २०८० शुक्रबार
खेल

सेब सेमिफाइनलमा

काठमाडौं – सामाखुसी इङ्लिस बोर्डिङ स्कुल (सेब) सोमबार आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ  सेमिफाइनलमा प्रवेश गरेको छ।

बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भएको खेलमा सेबले महामञ्जुश्रीलाई २८–१० ले पराजित ग¥यो। सेबका कुमार तामाङले १२ अंक जोड्दै आफ्नो टोलीलाई सहज जित दिलाए। सिनियर गल्र्समा विल्सन एकेडेमीले हर्टल्यान्डलाई २०–१३ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ। विल्सनका प्रशंसा सिंह ठकुरीले ८ स्कोर गरिन्।

सिनियर ब्वाइजमा ज्ञान निकेतनले पुष्पसदनलाई ४२–१९ ले हराउँदा रेडिअन्टले न्यु जेनिथलाई ६३–३४ को फराकिलो हार चखाउँदै क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो। नेरिकले आयोजक ग्रिनफिल्ड ‘बी’ लाई ४५–२९ र महामञ्जुश्रीले आयोजक ग्रिनफिल्ड ‘ए’ लाई ४६–३९ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाए।

नेपालयले बिग बुद्धलाई ६६–२९ र ग्रिनल्यान्डले काठमाडौं भ्यालीलाई ६८–३८, काठमाडौं जेभियरले विल्सनलाई ६५–३९ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए। अर्को खेलमा ब्राइट होराइजनले नवोदितलाई ५२–३४ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।

 

प्रकाशित: २८ श्रावण २०७६ ०१:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App