८ वैशाख २०८१ शनिबार
खेल

बार्सिलोनाको फराकिलो जित

वासिङ्टन – ला लिगाको नयाँ सिजन सुरु हुनुपूर्व बार्सिलोनाले शनिबार इटालियन क्लब नेपोलीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ। बार्सिलोनालाई फराकिलो जित दिलाउन लुइस स्वारेजले दुई गोल गर्दा एन्टोनियो ग्रिजम्यानले पहिलो गोल गरेका छन्। यस्तै औसमाने डेम्बेलेले एक गोल गर्दा बार्सिलोनाले ४–० को फराकिलो जित निकाल्न सफल भएको हो। 

शुक्रबारबाट हुने ला लिगामा बार्सिलोनाले एट्लेटिको बिलवाओसँग खेल्दै नयाँ सिजनको सुरुआत गर्दै छ। साबिक ला लिगा च्याम्पियन बार्सिलोनाले घरमा रियाल बेटिसलाई आमन्त्रण गर्दै छ।

पिडौंलाको चोटका कारण लियोनल मेसीले अमेरिका भ्रमण गर्न सकेनन्। यद्यपि शनिबार नेपोलीविरुद्धको खेलमा मेसीको अनुपस्थिति कमी भएन। पहिलो हाफमा गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा चार गोल गर्न सफल भएको थियो। १५ मिनेटको अन्तरालमा बार्सिलोनाले ४ गोल गरेको थियो।

लुइस स्वारेजले ४८औं मिनेटमा गोलको खाता खोलेका थिए। त्यसको दश मिनेटपछि व्यक्तिगत दोस्रो गोल थप्दा त्यसको दुई मिनेटअघि ग्रिजम्यानले गोल गर्दै बार्सिलोनाको गोल खाता खोलेका थिए। १० मिनेटमा तीन गोल गरेको बार्सिलोनाले ६३औं मिनेटको खेलमा चौथो गोल थप्दै अग्रता फराकिलो बनायो। डेम्बेलेले गोल गर्दै टोलीको अग्रता ४–० मा पु¥याए। बाँकी समयमा इटालियन क्लबले खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन।

प्री सिजनको अन्तिम खेलमा जित निकालेको बार्सिलोनाले  एट्लेटिको विलवाओसँग खेल्दै ला लिगा सुरुआत गर्दै छ। बार्सिलोनाले पाहुना टोलीको रूपमा प्रतिस्पर्धा गर्दै सिजनको सुरुआत गर्न लागेको हो।
 

 

प्रकाशित: २७ श्रावण २०७६ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App