७ वैशाख २०८१ शुक्रबार
खेल

नेइमार पिएसजी छाड्दै

पेरिस – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानको पहिलो खेलमा शनिबार स्ट्राइकर नेइमारलाई बेन्चमै राखेपछि उनको सरुवा प्रक्रिया अघि बढेको खुलासा गरेको छ।

यससँगै स्पेनिस ला लिगा क्लब रियाल मड्रिड वा बार्सिलोनामा सरुवा हुने खबरलाई बल पुगेको छ। पिएसजीका स्पोर्टिङ निर्देशक लियोनार्दोले नेइमारको पिएसजी बसाइ धेरै लामो नभएको तर सरुवाका लागि क्लबले आधिकारिक अनुमति दिएको छ। आइतबार हुने पहिलो खेलमा पिएसजीले निमेससँग पार्क डेसमा पहिलो खेल खेल्दै छ।

स्पेनिस क्लब रियाल मड्रिड या बार्सिलोनालाई नेइमारको आगामी गन्तव्यका रूपमा हेरिएको छ। महँगो मूल्यमा पिएसजी गएका नेइमारलाई लिन जिनेदिन जिदानको क्लब रियालले प्रतिद्वन्द्वी बार्सिलोनासँग कडा टक्कर गर्नुपर्ने स्पेनिस सञ्चारमाध्यमले बताएका छन्। तर उनकोे पूर्वक्लबसँग पुनः अनुबन्धित हुने इच्छा छ।

नेइमार असन्तुष्टिका बावजुद पिएसजीमा एक साताअघि मात्र अभ्यासमा उपस्थित थिए। ब्राजिलको अदालतले शुक्रबार बलात्कारको आरोप खेपिरहेका उनीविरुद्धको मुद्दा एथेस्ट प्रमाण नभएको भन्दै  खारेज गरेको थियो। नेइमारले  स्पेनिस एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा बार्सिलोना बसाइ आफ्ना लागि निकै फलदायी भएको प्रतिक्रिया दिएका थिए।

प्रकाशित: २७ श्रावण २०७६ ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App