coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

चिनियाँ टोलीको भ्रमण सर्‍यो

काठमाडौं -  नेपाली खेलकुदको निर्माणाधीन संरचना निरीक्षण गर्न आउन लागेको चीन सरकारको एक अनुगमन टोलीको भ्रमण कार्यक्रम सरेको छ। चीन सरकारको सहयोगमा नेपाली खेलकुदमा निर्माणाधीन संरचनाको निरीक्षण गर्नका लागि नेपाल आउन लागेको चिनियाँ टोलीको भ्रमण पाँच दिन पछि सरेको हो। यसअघि उक्त टोली शनिबार नेपाल आउन कार्यक्रम थियो। तर, चिनियाँ टोलीले भ्रमण कार्यक्रम परिवर्तन ग¥यो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले पुष्टि गर्दै चिनियाँ टोली केही दिन पछि आउन लागेको बताए।

‘चिनियाँ टोलीले आज (शनिबार) आउने कार्यक्रम थियो। तर, उहाँहरूको भ्रमण केही दिन सरेको छ,’ सदस्यसचिव सिलवालले भने, ‘नयाँ मितिअनुसार उहाँहरू बिहीबार नेपाल आउने जानकारी पाएको छु।’ उक्त टोलीले औपचारिक निरीक्षण गरेपछि मात्र चीन सरकारले नेपाललाई उक्त संरचना हस्तान्तरण गर्नेछ ।

नेपालले आफ्नो तयारी समयमा नगर्दा चीनले उक्त संरचनाको हस्तान्तरण समयमै गर्न सकेको छैन। चीनले दशरथ रंगशाला, सातोबाटोस्थित पौडी पोखरी तथा सुटिङ हलका लागि एक अर्ब रुपैयाँभन्दा बढी निर्माणमा सहयोग गरेको थियो। चीन आपैंmले निर्माण गर्दै उक्त रकम खर्चिएको हो। चीनको आर्थिक सहयोगमा चाइनिज रेलवे फोटिन ब्युरोले दशरथ रंगशालाभित्रका विभिन्न संरचना निर्माण गरेको हो।

त्यसअन्तर्गत चाइनिज रेलवेले सेन्थेटिक ट्य्राक, फ्लड लाइट, डिजिटल स्कोर बोर्ड र साउन्ड सिस्टम निर्माण गरिदिएको हो। तर, नेपालले भिआइपी प्याराफिटमा छानो हाल्ने काम नसक्दा चीनले साउन्ड सिस्टमको काम पूर्ण रूपमा सकेको छैन। भिआइपी प्यारापिटको छानो निर्माणका लागि सिएमई चाइना र एचटिसी नेपालबीच ज्वाइन्ट भेन्चरमा काम हुँदै छ।

उक्त सम्झौता चार करोड ८५ लाख रुपैयाँमा भएको थियो। प्यारापिटका सामग्री केही हप्तामै भारतबाट नेपालमा ल्यााउने तयारी भइरहेको राखेपले जनाएको छ। निर्माण कम्पनीलाई रकम भुक्तानी भइसकेकाले छिट्टै उक्त सामग्री आउने अनुमान गरिएको छ। केही सामग्री चीनमा पनि बनिरहेको छ। राखेपको टोली अनुगमनका लागि चीनतर्पm पनि जाँदै छ।

चीनबाट ‘टेन्साइल फ्याब्रिक’ र भारतबाट छानो मर्मतका लागि आवश्यक सामग्री झिकाइन लागेको हो। रंगशाला पूर्णरूपमा तयार हुन करिब ३३÷३४ करोड रुपैयाँ लाग्न सक्ने राखेपका पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायले जानकारी दिए। नयाँ टेन्डरबाट रंगशालामा सिट राख्ने, उत्तरी गेट र केही बाटो बनाउने काम हुन बाँकी छ।

उपाध्यायका अनुसार पुनर्निर्माण हुन लागेको रंगशालाको भिआइपी प्यारापिटको छानोमा टेन्साइल फ्याब्रिक राखिनेछ। यसअघि सिमेन्टबाट बनेको छानो थियो। साथै भिआइपीलाई अपाङ्गमैत्री बनाउँदै चेन्जिङ रुम राखिएको छ। पहिले खेलाडीको चेन्जिङ रुम साधारण प्यारापिटतर्पm थिए। उक्त रंगशालामा साधारणतर्पm १२ हजार दर्शक क्षमताको सिट यथावत् नै भए पनि भिआइपीतर्पm  भने एक हजार सिट घटाइएका छन्।

भिआइपीतर्फ ३ हजार दर्शक क्षमताको हुनेछ। यता, सातदोबाटो परिसरभित्रको पौडीपोखरी र सुटिङ रेन्ज भने लगभग निर्माण भइसकेको छ। गत दुई वर्षदेखि पुनर्निर्माण थालिएको दशरथ रंगशाला कात्तिक १५ गते हस्तान्तरण गर्ने राखेपले लक्ष्य राखेको छ। उक्त रंगशालामा मंसिर १५ देखि २४ गतेसम्म हुने दक्षिण एसियाली खेलकुदको उद्घाटन हुनेछ। सोही मैदानमा नेपालको विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत घरेलु मैदानमा हुने केही खेल पनि हुनेछ। नेपालले आफ्नो तयारी समयमा नगर्दा चीनले उक्त संरचनाको हस्तान्तरण समयमै गर्न सकेको छैन।

प्रकाशित: २६ श्रावण २०७६ ०५:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App