७ वैशाख २०८१ शुक्रबार
खेल

भारोत्तोलनको तयारी पूरा

काठमाडौं – काठमाडाैँ जिल्ला भारोत्तोलन संघले भारोत्तोलन खेलमार्फत सर्वाधिक पदक जित्न सफल ओलम्पियन सुनीललाल जोशीको स्मृतिमा तेस्रो नेपाल स्ट्रङ्गेस्ट २०१९ भारोत्तोलन प्रतियोगिता आयोजना गर्ने भएको छ।

यही साउन २८ र २९ गतेका लागि तय भएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दियो। प्रतियोगितामा सिनियर महिला तथा पुरुष तथा जुनियर महिला  र पुरुष गरी ४० तौलसमूहमा ४० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने काठमाडौं जिल्ला भारोत्तोलन संघका अध्यक्ष विजेन्द्रविक्रम शाहले जानकारी दिए।

स्व. सुनीललालको जन्म स्थान मरु टोलस्थित मरु बैंक्वेटमा आयोजना हुने प्रतियोतिामा पुरुष र महिलातर्फका स्ट्रङ्गेस्ट खेलाडीहरूलाई तेस्रो नेपाल स्ट्रङ्गेस्टको उपाधिका साथ नगद ११ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनायो।  यस्तै बेस्ट लिफ्टरलाई ट्रफी, प्रमाणपत्र तथा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले पनि पुरस्कार पाउने आयोजकले जनाएको छ।

करिब १२ लाख ७९ हजार २ सयको लागत रहेको प्रतियोगितामा तीन विभागीय टोली र जिल्ला तथा क्लबका करिब ९० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। उपत्यकाभन्दा बाहिरबाट आएका खेलाडीहरूका लागि खाने र बस्ने प्रबन्ध गरेको आयोजकले जनाएको छ।
प्रतियोगिता आइडब्लुएफ र एडब्लुएफको नियमअनुसार खेलाइने संघका अध्यक्ष विजेन्द्रविक्रम शाहले बताए।

प्रकाशित: २४ श्रावण २०७६ ०२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App