८ वैशाख २०८१ शनिबार
खेल

‘खेलाडी सरुवा बजारमा मेरो प्रभाव छैन’

लन्डन – टोटेनहमका प्रशिक्षक माउरिसियो पोचेटिनोले खेलाडी सरुवा बजारमा आफ्नो कुनै प्रभाव नभएको प्रतिक्रिया दिएका छन्। सिजनपूर्वको अभ्यासका लागि म्युनिख भ्रमणमा रहेको टोटेनहमले मंगलबार मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियाल मड्रिडलाई १–० ले हराएको थियो। टोटेनहमले जनवरी २०१८ पछि यसै महिनाको सुरुआतमा क्लबको कीर्तिमानी सरुवा रकममा लियोनका मिडफिल्डर ताङगाई  एन्डोम्बेलेलाई अनुबन्धन गरेको थियो। ‘मलाई मेरो खेलाडीको अहिलेको अवस्थाको बारेमा केही थाहा छैन,’पोचेटिनोले भने।

२०१६ मा क्लबसँगको सम्झौता नवीकरण गर्दा पोचेटिनोलाई मुख्य प्रशिक्षकबाट व्यवस्थापकको जिम्मेवारी दिइएको थियो। ‘यो सम्झौता म, क्लब र समर्थकलाई समेत फाइदा पुग्छ,’४७ वर्षे पोचेटिनोले सम्झौता नवीकरणपछि प्रतिक्रिया दिँदै भनेका थिए। ‘मुख्य प्रशिक्षक र व्यवस्थापकको जिम्मेवारी फरक छ। सम्भवत म सुरुआती दिनबाटै व्यवस्थापक थिए र मेरो कामले मेरो जिम्मेवारी प्रमाणित गर्छ ,’उनले भने।

पोचेटिनोले २ महिनाघि क्लबसँग थप ५ वर्षको सम्झौता गरेका थिए। टोटेनहमले गत सिजन च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रा गरेको थियो भने इङ्लिस प्रिमियर लिगमा भने चौथो स्थानमा चित्त बुझाएको थियो। ‘म बिना योजना नयाँ अध्याय सुरु गर्न चाहान्नँ र यसमा म पारदर्शी हुन चाहान्छु,’उनले भने।

प्रकाशित: १८ श्रावण २०७६ ०२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App