८ वैशाख २०८१ शनिबार
खेल

‘खेल जीवन तत्कालै टुङग्याउने योजना छैन’

बर्मिङगम – सानदार शतकका साथ टेस्ट क्रिकेटमा सुखद पुनरागमन गरेसँगै अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्थिमले तत्काल खेल जीवन टुङग्याउने कुनै योजना नभएको प्रतिक्रिया दिएका छन्।

उपकप्तान डेविड वार्नर र ओपनर क्यामरुन बेनक्रफ्टसँगै दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्ट दौरान बल टेम्परिङमा दोसी ठहर भएपछि स्मिथ एक वर्षको प्रतिबन्धमा परेका थिए। स्मिथले घरेलु टोली इङल्यान्डविरुद्ध इड्गाबास्टनमा बिहीबारबाट सुरु एसेस शृंखलाअन्तर्गत पहिलो टेस्टमा पहिलो इनिङमा शतक पूरा गर्दै अस्ट्रेलियाली टोलीको इनिङ उकासेका थिए।

ओपनर बेनक्रफ्ट र वार्नर सस्तोमा पवेलियन फर्किएपछि ब्याटिङका लागि क्रिजमा आएको स्मिथलाई समर्थकले खिल्ली उडाएका थिए। २ सय ८४ बल खेलेका स्मिथले २ सय १९ बलमा १६ चौका र २ छक्का मद्दतमा १ सय ४४ रनको महŒवपूर्ण इनिङ खेले। १२२–८ को स्थितिमा स्मिथले पिटर सेडलसँगै नवौं विकेटका लागि ८८ रनको साझेदारी गरेका थिए। सिडलले पनि ८५ बलमा ४ चौका मद्दतमा ४४ रनको योगदान गरेका थिए। स्मिथको यो २४औं टेस्ट शतक हो।

इङ्ल्यान्डमै सम्पन्न विश्वकपसँगै अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका स्थिमको प्रतिबन्ध फुकुवापछिको यो पहिलो शतकसमेत हो। उनले इङ्ल्यान्डविरुद्धको सेमिफाइनलमा ८५ रन जोडे पनि टोलीको हार भने टार्न सकेका थिएनन्। ‘बिगतको १५ महिना म यस्तो समयबाट गुज्रिएको थिएँ। जहाँ म आपैंm पुनः क्रिकेटमाा फर्कने वा नफर्कनेमा दुविधामा थिएँ,‘स्मिथ भने, ‘जब मेरो कुइनोको शल्यक्रिया भयो, मैले एक समय क्रिकेट खेलप्रतिको मोहबाट टाढा जाने सोचसमेत बनाएको थिएँ।’

स्मिथले थपे,‘कुइनोको चोटबाट मुक्त भएपछि भने मैले पुनः क्रिकेटमा फर्कने निधो गरे। त्यो निर्णय अहिले सही थियो जस्तो लाग्छ। म अझै अस्ट्रेलियाबाट खेल्दै समर्थकको मुहारमा हाँसो फर्काउन चाहान्छु। जुन हाम्रो सानो गल्तीले गुमेको थियो।’ स्मिथले पुनरामगनपछि पनि अन्य खेलाडी र प्रशिक्षकबाट ड्रेसिङ रूममा पहिलाको जस्तै सम्मान पाएको समेत उल्लेख गरेका छन्।

‘बिगतको १५ महिना म यस्तो समयबाट गुज्रिएको थिएँ। जहाँ म आपैंm पुनः क्रिकेटमाा फर्कने वा नफर्कनेमा दुविधामा थिएँ। जब मेरो कुइनोको शल्यक्रिया भयो, क्रिकेट खेलप्रतिको मोहबाट टाढा जाने सोचसमेत बनाएको थिएँ। तर फर्किएँ, त्यो निर्णय अहिले सही थियो जस्तो लाग्छ।’  अस्ट्रेलियाका स्टेभ स्मिथ

 

प्रकाशित: १८ श्रावण २०७६ ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App