१५ चैत्र २०८० बिहीबार
खेल

सुरक्षाका लागि रंगशालामा सिसी क्यामेरा

पोखरा रंगशालाको मुख्य प्रवेशद्वार। तस्बिर : नागरिक

पोखरा - पोखरामा १३औं सागका केही खेल सञ्चालन गर्ने निर्णय गरिएपछि रंगशालाभित्र खेलाइने र बाहिर खेलाइने खेलका लागि पार्किङ र सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको छ। पोखरा रंगशालाभित्र निर्माणाधीन फुटबल मैदानमा महिला फुटबल, आर्चरी मैदानमा महिला तथा पुरुष आर्चरी प्रतियोगिता सञ्चालन गरिनेछ। ती खेल सञ्चालनार्थ विशिष्ट व्यक्ति र खेलाडी स्कर्टिङको सवारी पार्किङमा चुनौती छ।

त्यति मात्र नभई बजार क्षेत्रमा आयोजना हुने ट्रायथोलन र प्याराग्लाइडिङ एवं भारोत्तोलनका खेलमा सहभागी खेलाडी र अफिसियलका लागि सुरक्षा व्यवस्था कडाइ गर्नुपर्ने खाँचो राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङले औंल्याए।

‘खेलाडी तथा अफिसियलको सुरक्षा (सेक्युरिटी) व्यवस्था चुस्त बनाउनुपर्छ,’ रंगशाला अध्ययन, अनुगमनका क्रममा बोर्ड सदस्य गुरुङले भने, ‘पोखरा रंगशालाभित्र छिर्दादेखि होटलसम्म पुग्दा सुरक्षा दिनुपर्छ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीसहितको टोलीले रंगशालाको  अनुगमन गरेको थियो।

पोखरा रंगशालाभित्र विभिन्न आठ ठाउँमा सिसी क्यामेरा जडान गरेर सुरक्षालाई बलियो बनाउने योजनासहित काम गर्ने तयारी गरिएको छ।

उनका अनुसार पोखरा रंगशालासम्म ल्याउनुपर्ने व्यस्त समयमा हुने ट्राफिक जामको व्यवस्थापनमा निकै गम्भीर हुनुपर्नेछ। सडक किनारमा निर्माण गरिएको नालीमा स्ल्याप राख्नुपर्नेमा जोड दिइएको छ। सवारी साधन कुनुपर्ने अवस्था रहने हँुदा स्ल्याप राखिए सहजीकरण गर्न सकिने समेत औंल्याइएको छ। रंगशालादेखि लेकसाइड क्षेत्र झन्डै चार किलोमिटरको सेरोफेरोमा छ। त्यही चार किलोमिटर सेरोफेरोमै खेलाडीलाई ल्याउने र लैजाने बन्दोबस्त मिलाउनुपर्ने देखिन्छ।

‘चोकहरूमा ट्राफिक जामको समस्या बढ्दै गएको छ। सागको समयमा व्यवस्थापन मिलाउनुपर्छ,’ बोर्ड सदस्य गुरुङले भने, ‘यो गण्डकी प्रदेशकै प्रतिष्ठासँग जोडिएको छ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक कार्कीले सुरक्षा व्यवस्थापनमा कुनै कसर नहुने गरी काम गर्नेमा दृढता व्यक्त गरे। खेलाडी, दर्शक र भिआइपीलाई कसरी र कहाँबाट छिराउँदा उपयुक्त छ कि छैन भन्ने विषयमा प्रारम्भिक छलफल गरिएको बताए। खेलाडी पु¥याउने सवारी जाने बाटो र पु¥याउँदा आइपर्ने अप्ठ्यारासँगै दर्शकको सवारी साधनलाई कहाँ राख्ने भन्ने विषयमा छलफल गर्र्नुपर्नेमा जोड दिए।

फुटबल मैदान निर्माणकै चरणमा छ। कात्तिक १५ गतेभित्र सक्नुपर्ने निर्देशन छ। मंसिरको दोस्रो साता साग खेलकुद प्रतियोगिता सुरु हुन्छ। आर्चरीका लागि मुख्य प्रवेशद्वारबाट भन्दा मैदान नजिकैको ६ नम्बरको गेटबाट खेलाडी तथा अफिसियलको सवारी छिराउन सकिन्छ। फेवातालमै ट्रायथलन हुनेछ। गत चैतमै नेपाल ट्रायथलन संघले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितापूर्व नै एसियन कप तथा साउथ एसियन च्याम्पियनसिप ट्रायथलन प्रतियोगिता आयोजना गरेको थियो।

तालमा पौडी र सडकमा दौड प्रतियोगिताले ट्राफिक व्यवस्थापन मिलाउनुपर्ने खाँचो छ। सामान्यतया खेलाडीले सवारीसाधनले अवरोध गर्ने ट्राफिक समस्या झेल्नुपर्नेलगायतका विषयमा उजुरी गरेमा पोखरामा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्न सकिँदैन। त्यसैले पनि पोखरामा मुख्य चुनौतीकै रूपमा ट्राफिक व्यवस्थापन देखिएको समेत खेलकुदकर्मीले औंैल्याउँदै आएका छन्।

बोर्ड सदस्य गुरुङले पोखरा रंगशालाभित्र सुरक्षार्थ सिसी क्यामेरासमेत जडान गर्नुपर्नेमा जोड दिए। पोखरा रंगशालाभित्र विभिन्न आठ ठाउँमा सिसी क्यामेरा जडान गरेर सुरक्षालाई बलियो बनाउने योजनासहित काम गर्ने तयारी गरिएको उनले सुनाए। त्यति मात्र नभई रंगशालालाई ब्युटिफिकेसन गर्न वृक्षरोपणदेखि फूल रोपिने योजना बनाइएको छ। चार महिनाभित्रमा सबै काम सक्नुपर्ने दबाबकै कारण रंगाशाला सरसफाइदेखि आवश्यक पूर्वाधार तयार पार्नुपर्ने चुनौतीसमेत थपिएको छ।

सिसी क्यामेरा राख्ने प्वाइन्ट खेलकुदले तय गर्ने उल्लेख गर्दै प्रहरी उपरीक्षक कार्कीले त्यसपछि प्रहरीले अध्ययन गरेर उपयुक्त ठाउँमा प्राविधिकसहितको टोलीले निक्र्योल गरिने बताए। प्याराग्लाइडिङका लागि उडान र अवतरण स्थलसमेत व्यवस्थित बनाउनुपर्ने देखिएको छ। त्यसका लागि प्याराग्लाइडिङ संघ तथा परिषद्का बोर्ड सदस्य एवं जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिका पदाधिकारी र कार्यालय प्रमुखसहितको टोलीले अवलोकनसमेत गरिसकेको छ।

प्रकाशित: १४ श्रावण २०७६ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App