coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टी-२० विश्वकप खेल्ने नेपालको आशा समाप्त

काठमाडौं- सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराएसँगै नेपालको टी-२० विश्वकप खेल्ने आशा समाप्त भएको छ।

१९२ रनको लक्ष्य पाएको नेपालले १५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो। कप्तान पारस खड्का १२ रनमा आउट भए भने ज्ञानेन्द्र मल्लले ३९ रन बनाए। यस्तै दीपेन्द्रसिंह ऐरी २३ बानाए।

टस जितेर व्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई १९२ रनको लक्ष्य दिएको थियो। अभिनास बोहोराले सर्वाधिक चार विकेट लिए भने करण केसीले दुई विकेट लिए।

यो संगै सिंगापुर असोजमा हुने ग्लोबल छनौटमा पुगेको छ। १४ टोलीको प्रतिस्पर्धा हुने ग्लोबल छनौटका शीर्ष ६ टोली २०२० मा हुने टि २० विश्वकप खेल्नेछन्।

 

प्रकाशित: १२ श्रावण २०७६ ०५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App