७ वैशाख २०८१ शुक्रबार
खेल

पत्रकार, खेलाडी र प्रशिक्षकसहित ५० जना सम्मानित

काठमाडौं– खेलकुद क्षेत्रमा महत्व योगदान पुर्याउने दुई पत्रकारसहित खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयले बुधबार पत्रकार कान्तिपुर टेलिभिजनका प्रदिप लेखी र राजधानी दैनिकका रामशुधन तिमल्सिनालाई सम्मान गरेको हो । सिहंदरबारमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पत्रकार लेखी र तिमल्सिनासहित ५० जनालाई नगदसहित सम्मान गरे।

हङकङमा सम्पन्न युथ एथलेटिक्सका स्वर्ण विजेता अजित कुमार यादवलाई १ लाख तथा उनका प्रशिक्षक धनीराम चौधरीलाई ५० हजार हजार रुपैयाँ प्रदान गरिएको थियो। यू १५ च्याम्प्यिनसिपका विजेता ब्याटमिन्टनका प्रिन्स दाहाललाई १ लाख रुपैयाँ पुरस्कार हस्तान्तरण गरियो। 

संयुक्त अरब इमिरेन्ट्स युएईमा भएको स्पेशल ओलम्पिक एथलेटिक्सका स्वर्ण विजेता अजय तामाङलाई १ लाख र बोसियामा रजत ल्याउने महिमा कोइरालालाई ५० हजार रुपैयाँ पुरस्कारले सम्मान गरियो। पाकिस्तानमा सम्पन्न नेत्रहिन महिला क्रिकेटका विजेता टोलीका १५ खेलाडीलाई जनही ५० तथा ७ जना अफिसियललाई जनही २५ हजार प्रदान गरियो।

विराटनगरमा चैतमा सम्पन्न पाँचौ महिला साफ च्याम्पियनयिसपको उपविजेता नेपाली महिला टोलीका २० सदस्यलाई जनही ३२ हजार ५ सय तथा प्रशिक्षक हरि खड्कालाई १६ हजार २ सय ५० रुपैयाँसहित सम्मान गरियो। 

प्रकाशित: ८ श्रावण २०७६ १४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App