८ वैशाख २०८१ शनिबार
खेल

मुआथाईका खेलाडी थाइल्याण्ड प्रस्थान

काठमाडाैं– अन्तर्राष्ट्रिय एमेच्योर मुआथाई महासंघको आयोजनामा हुने विश्व च्याम्पियनसिप प्रतियोगिता २०१९मा भाग लिन नेपाल मुआथाई संघको खेलाडी र पदाधिकारी बैंकक गएका छन्। साउन ४ देखि १३सम्म आयोजना हुने प्रतियोगितामा भाग लिन नेपाली खेलाडी र पदाधिकारी थाइल्याण्डको बैंकक गएका हुन्।

गत वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट सम्बन्धन प्राप्त गरेपछि पहिलो पटक अन्तर्राष्ट्रिय विश्व च्याम्पियनसिप आयोजना हुन लागेको हो। मुआथाईको जन्मभूमि थाइल्याण्ड भएकाले आयोजना सोही स्थानमा गर्ने तय भएको थियो।

प्रतियोगितामा नेपालबाट महिलातर्फ ५१ केजी तौल समूहमा तुलसी थापा मगर, पुरुषतर्फ ५४ केजी तौल समूहमा आविश्कार सुनार सहभागी हुँदैछन्। अफिसियल तथा संयोजकको भुमिकामा संघका महासचिव सुदिप पण्डित क्षेत्री रहेका छन्।

प्रतियोगितामा सहभागी हुन जाने टोलीलाई आज नेपाल मुआथाई संघका अध्यक्ष भीमसिंह गुरुङले विदाई गरेका थिए।

प्रकाशित: ४ श्रावण २०७६ ०७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App